काठमाडौं । सानिमा बैंकले मोबाइल दक्षिणा योजना शुरु गरेको छ । बैंकले मोबाइल बैंकिङ्ग कारोबारलाई प्रबर्धन गर्न आफ्ना ग्राहकहरुको लागि यो योजनको सुरुवात गरेको हो ।

यो योजना मार्फत ग्राहकहरुले यस दशैंमा टिका लगाई दक्षिणा दिन सानिमा बैंकको सजिलो ई-बैकिंग मार्फत फण्ड ट्रन्सफर, टपअप/रिचार्ज, ईसेवा लोड वा बिल पेमेन्ट गरी कारोबार गर्ने ग्राहकहरु मध्येबाट हरेक दिन एक जना भाग्यशाली बिजेतालाई सामसुङ्ग जे७६ मोवाइल फोन उपहार दिइने बैंकले जनाएको छ ।
यस योजना असोज ११ देखि १६ गते सम्मका लागि लागू हुनेछ । साथै, बिजेताको छनोट मोबाइल बैंकिङ्ग सेवा साझेदार कम्पनी एफ१ सफ्ट इन्टरनेशनल प्रा.लिको सहकार्यमा लक्की ड्र बाट हुने बैंकले जनाएको छ ।