काठमाडौं । आईएमईको ‘आईएमई छक्का–पञ्जा’अफर अन्तर्गत दोस्रो १५ दिनको जीवनबीमा आईएमई सेवाग्राही मोहेदिनमिया ठकुरीले प्राप्त गरेका छन् । ठकुरीले यस अफर अन्तर्गत ६ लाख रुपैयाँको जीवन बीमा पाएका छन् ।

सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा कतार स्थित कतार युएईबाट नेपालमा पैसा पठाउने ठकुरी भाग्यशाली विजेता छनोट भएका हुन् । भाग्यशाली विजेता ठकुरी वा नीजले सिफारिस गरेको व्यक्तिले आईएमई लाइफ इन्स्युरेन्सको ६ लाख रुपैयाँ बराबरको जीवन बीमा प्राप्त गर्नेछन् ।
यही भदौ १२ गतेदेखि संचालनमा ल्याईएको सेवाग्राही मूखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका लाखौँ सेवाग्राही सहभागी भई दैनिक ‘लक्की ड्र’मा ९०० सय जना आईएमई पे क्यास मार्फत् पुरस्कृत भइसकेका छन् । मङ्गसिर ३ गतेसम्म १२ हप्ता संचालन हुने यस सेवाग्राहीमूखी कार्यकममा पैसा पठाउने सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिमा आधारित रही विजेता छानिने कम्पनीले जनाएको छ ।