काठमाडौं । कर्मचारी तथा मजदुर तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीको औसत तलव तथा ज्यालादर बढेको छ ।
वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क ६.४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क १४.९ प्रतिशतले वृद्धि भएको थियो ।
समीक्षा अवधिमा तलब सूचकाङ्कमा १४.६ र ज्यालादर सूचकाङ्कमा ४.४ प्रतिशतले वृद्धि भएको छ । तलब अन्तर्गत बैंक तथा वित्तीय संस्था, शिक्षा र सार्वजनिक संस्थान उप–समूहको तलब बढेपछि समग्र ज्याला सूचकाङ्क बढेको हो ।
नेपाल राष्ट्र बैंककाअनुसार बैंक तथा वित्तीय संस्थाको १०.६, शिक्षाको ५.८ र सार्वजनिक संस्थानको ४.९ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, ज्यालादर अन्तर्गत कृषि मजदूर, औद्योगिक मजदूर र निर्माण मजदूरको ज्यालादर सूचकाङ्क क्रमशः २.८, ८.९ र २.१ प्रतिशतले वृद्धि भएको छ ।