खाद्य संस्थानले ल्याएका खसी बोका बिक्री भएन

<p>&nbsp; काठमाडौ । नेपाल खाद्य संस्थानले अहिलेसम्म ८४५ खसी तथा बोका र ५७७ च्याङ्ग्रा बिक्री गरेको छ ।  दशैँका बेलामा मासुको मूल्य नियन्त्रण गर्न संस्थानले काठमाडौँ उपत्यका बाहिरबाट यहाँ एक हजार ८४३ खसी, बोका तथा च्याङ्ग्रा ल्याएकामा सबै बिक्री भइसकेका छैनन् । संस्थानले दाङ र हेटौँडाबाट एक हजार ५०० खसी तथा मुस्ताङबाट एक हजार च्याङ्ग्रा [&hellip;]</p>

 

काठमाडौ । नेपाल खाद्य संस्थानले अहिलेसम्म ८४५ खसी तथा बोका र ५७७ च्याङ्ग्रा बिक्री गरेको छ ।

 दशैँका बेलामा मासुको मूल्य नियन्त्रण गर्न संस्थानले काठमाडौँ उपत्यका बाहिरबाट यहाँ एक हजार ८४३ खसी, बोका तथा च्याङ्ग्रा ल्याएकामा सबै बिक्री भइसकेका छैनन् ।

संस्थानले दाङ र हेटौँडाबाट एक हजार ५०० खसी तथा मुस्ताङबाट एक हजार च्याङ्ग्रा ल्याउने भने पनि बिक्री नभएपछि अरु ७०० खसी, बोका तथा च्याङ्ग्रा ल्याएको छैन ।  संस्थानले प्रतिकिलो बोका  ४५०, खसी  ४५५ र च्याङ्ग्रा  ६७५  रूपैयाँ मूल्य निर्धारण गरी यही असोज ५ गतेदेखि आजसम्म बिक्री वितरण शुरु गरेको थियो ।

बिक्री नभएका करिब ४०० खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्न अष्टमीसम्म समय अवधि थप गरिएको संस्थानका वाग्मती अञ्चल प्रमुख भेषनाथ न्यौपानेले जानकारी दिए । अहिले गोदाममा खसीबोका तथा च्याङ्ग्रा खरिद गर्न आउनेको चहलपहल देखिएको छैन ।

Share News