यती एअरलाइन्स भित्र्यायो दोश्रो एटीआर विमान, भैरहवा र भद्रपुरमा सेवा विस्तार

<p>काठमाडौं । यती एअरलाइन्सले ट्विन ईञ्जिन सहितको आधुनिक प्रविधियुक्त एटीआर७२-५०० विमानको सेवा थप विस्तारित गर्ने क्रममा दोश्रो एटीआर विमान नेपालमा भित्र्याएको छ । एअरलाइन्सद्धारा उक्त विमान सोमबार त्रिभुवन अन्तरास्ट्रिय विमान स्थलमा अवतरण गरिएको हो । एटीआर ७२-५०० फ्रेञ्च-ईटालियन कंसोर्टियम एटीआरद्वारा निर्मित टर्बोप्रप एयरक्राफ्ट हो । उत्कृष्ट निर्माण र कार्यक्षमता प्रदर्शनीका कारण एटीआर ७२–५०० विश्व बजारमै [&hellip;]</p>

काठमाडौं । यती एअरलाइन्सले ट्विन ईञ्जिन सहितको आधुनिक प्रविधियुक्त एटीआर७२-५०० विमानको सेवा थप विस्तारित गर्ने क्रममा दोश्रो एटीआर विमान नेपालमा भित्र्याएको छ । एअरलाइन्सद्धारा उक्त विमान सोमबार त्रिभुवन अन्तरास्ट्रिय विमान स्थलमा अवतरण गरिएको हो ।

एटीआर ७२-५०० फ्रेञ्च-ईटालियन कंसोर्टियम एटीआरद्वारा निर्मित टर्बोप्रप एयरक्राफ्ट हो । उत्कृष्ट निर्माण र कार्यक्षमता प्रदर्शनीका कारण एटीआर ७२–५०० विश्व बजारमै सर्वाधिक सफल क्षेत्रीय विमानका रुपमा स्थापित हुँदै गइरहेको छ । त्यसैगरी, वैदेशिक बजारमा निरन्तर विस्तारित हुँदै विश्वका नयाँ बजारमा समेत प्रवेश पाइरहेको छ ।

एटीआर ७२–५०० लाई ह्यामिल्टन सन्डस्ट्रान्ड कम्पोजिट ब्लेड प्रोपेलर सुसज्जित दूई ओटा प्राट एण्ड ह्विट्ने पीडब्ल्यू १२७ ईञ्जिनले शक्ति प्रदान गर्दछ । यी अत्याधुनिक प्रविधि सुसज्जित ईञ्जिन र प्रोपेलरले अद्वितिय कार्यक्षमता प्रदर्शन गर्नुका साथै, ईन्धन मितब्ययी, न्यून ध्वनी र न्यून ग्रिनहाउस ग्यास उत्सर्जन गर्दछ ।

एयर न्यूजिल्याण्ड, एयर लिंगस, एसएएस, एचओपी, फ्लाइबी, अजुल, बैंकक् एयरवेज, जेट एयरवेज, मालिन्डो लगायत एटीआर ७२–५०० विमानका वैश्विक रुपमा परिचित हवाई सेवा प्रदायकहरु हुन् । यस एटीआर ७२–५०० विमान नोर्डिक एभिएसन क्यापिटलबाट वित्तिय पट्टा अन्तर्गते खरिद गरिएको हो। ४७ देशका ७० एयरलाइन्सले उपभोक्तालाई सेवा प्रदान गरिरहेको एनएसी उद्योगकै अग्रणी क्षेत्रिय पट्टादाता हो ।

एयरोमेक्सिको, एयर क्यानाडा, ब्रिटिस एयरवेज, एलवोटी, एयर बर्लिन, आजुल, गरुडा, फ्लाइबी, एचओपी लगायत अग्रणी एयरलाइन्स तथा प्रमुख क्षेत्रीय वाहक एयर नोस्ट्रम, जेट टाइम, ईटिहाद रिजनल, बिन्टर, एयर केबीजी लगायत यसका सेवा ग्राहीका रुपमा रहेको छन् । एनएसीको हालका ३ सय ५० भन्दा बढी ओटा स्वामित्व प्राप्त र ३९ ब्यवस्थापन सम्हालिएका विमानमा एटीआर ४२, एटीआर ७२, बम्बारडियर ड्याश ८, सीआरजे९००, सीआरजे१०००, सीएस३००, ई१७०, ई१७५, ई१९० र ई१९५ पर्छन् । एटीआर र बमर्बािर्डयर विमानका लागि एनएसी विश्वकै अधिक स्वामित्व प्राप्त तथा पट्टादाताका रुपमा परिचित छ ।

यती एयरलाइन्सले आफ्नो यो दोश्रो विमान थप भएपश्चात भैरहवा र भद्रपुर स्टेशनमा समेत आफ्नो सेवा विस्तार गर्ने छ ।

Share News