सेयर बजारमा छायो हरियाली, नेप्से ८ अंकले बढ्याे, २७ करोडकाे सेयर काराेबार

<p>काठमाडौं । दशैं नजिकिँदै गर्दा सेयर बजारमा हरियाली छाएको छ । केही दिनयता निरन्तर ओरालो लागेको नेप्से परिसूचक सोमबार करिब दोहोरो अंकले उकालो लागेको छ । सोमबार नेप्से ८ दशमलब ५२ अंकले बढेर १५४५.४४ अंकमा पुगेको छ । हरियाली छाएको सोमबारको बजारमा २७ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन [&hellip;]</p>

काठमाडौं । दशैं नजिकिँदै गर्दा सेयर बजारमा हरियाली छाएको छ । केही दिनयता निरन्तर ओरालो लागेको नेप्से परिसूचक सोमबार करिब दोहोरो अंकले उकालो लागेको छ । सोमबार नेप्से ८ दशमलब ५२ अंकले बढेर १५४५.४४ अंकमा पुगेको छ ।

हरियाली छाएको सोमबारको बजारमा २७ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १५४ कम्पनीको ६ लाख ३२ हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, सोमबार करोबार भएका ट्रडिङ र होटल समूह बाहेक अन्य समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी हाइड्रोपावर,बीमा र बैंकिङ समूहको परिसूचक दोहोरो अंक क्रमशः २१, १२ र १० अंकले उकालो लागेका छन् । ट्रडिङ र होटल समूहको परिसूचक क्रमशः २३ र ८ अंकले ओरालो लागेको हो ।

त्यस्तै, बजारमा सबैभन्दा बढी सिनर्जी फाइनान्सका लगानीकर्ताले ९.९३ प्रतिशत कमाएका छन् । उता विशास बजारको सेयर मूल्य भने १० अंकले घटेको छ ।

Share News