साना किसान विकास बैंकले २५ प्रतिशत बोनस सेयर दिने, पूँजी ७० करोड नाघ्ने

<p>काठमाडौं । साना किसान विकास बैंकले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनका लागि १.३१६ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ । उक्त बोनस सेयर दिने निर्णय कम्पनीको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ५७ करोड ८० [&hellip;]</p>

काठमाडौं । साना किसान विकास बैंकले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनका लागि १.३१६ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ ।

उक्त बोनस सेयर दिने निर्णय कम्पनीको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी ५७ करोड ८० लाख रुपैयाँ रहेको छ । उक्त पूँजीमा २५ प्रतिशत अर्थात १२ करोड ५७ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको कम्पनीले जनाएको छ । सो मात्राको बोनस सेयर पछि कम्पनीको चुक्ता पूँजी ७० करोड ३८ लाख रुपैयाँ नाघ्ने छ ।

कम्पनीको सञ्चालक समितिको बैठकलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र सो मात्राको बोनस वितरण गरिने छ ।

Share News