साउनमा बैंक तथा वित्तीय संस्थाले गरे ४ अर्ब ७६ करोड लगानी, कुल कर्जा १९ खर्ब ९१ अर्ब

<p>काठमाडौं ।चालु आर्थिक वर्षको साउनमा बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रमा कर्जा लगानी ०.४ प्रतिशतले बढेको छ ।  चालु आवको साउनमा बैंक तथा वित्तीय संस्थाको ४ अर्ब ७६ करोड रुपैयाँ लगानी गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ०.७ प्रतिशत अर्थात १० अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । चालु आवको साउनसम्म कुल [&hellip;]</p>

काठमाडौं ।चालु आर्थिक वर्षको साउनमा बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रमा कर्जा लगानी ०.४ प्रतिशतले बढेको छ ।  चालु आवको साउनमा बैंक तथा वित्तीय संस्थाको ४ अर्ब ७६ करोड रुपैयाँ लगानी गरेका छन् ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ०.७ प्रतिशत अर्थात १० अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । चालु आवको साउनसम्म कुल कर्जा लगानी १९ खर्ब ९० अर्ब ९८ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

वाणिज्य बैंकहरुको कर्जा प्रवाह ०.१, विकास बैंकहरुको २.९ र वित्त कम्पनीहरुको ०.३ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा कृषि क्षेत्रतर्फको कर्जा ०.२, औद्योगिक उत्पादन ०.७, निर्माण क्षेत्रतर्पm १.६, थोक तथा खुद्रा व्यापारतर्फ ०.३, सेवा क्षेत्रका उद्योगतर्फ ०.९ र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १.७ प्रतिशतले बढेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६०.९ कर्जा घर जग्गाको धितोमा र १४.१ प्रतिशत कर्जा कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.७ प्रतिशत र १५ प्रतिशत थियो ।

०७४ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा २.४ प्रतिशत अर्थात ४८ अर्ब ३ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा हायर पर्चेज कर्जा १.१ प्रतिशतले बढेको छ भने ओभरड्राफ्ट कर्जा १.६ प्रतिशतले घटेको छ । १ करोड रुपैयाँसम्मको व्यक्तिगत आवासीय कर्जा १.९ र रियल स्टेट कर्जा ०.९ प्रतिशतले बढेको छ ।

उत्पादनशील क्षेत्रतर्फ लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्याउन सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ ।

आर्थिक वर्ष ०७४/०७५ को पहिलो महिनामा साधारण ७ अर्ब ३९ करोड र निर्यात १४ करोड गरी कुल ७ अर्ब ५३ करोड रुपैयाँ पुनरकर्जा उपयोग भएको छ । अघिल्लो वर्षको सोही अवधिमा साधारण २४ करोड रुपैयाँ मात्र उपयोग भएको थियो ।

भूकम्प पीडितहरूलाई बढीमा २ प्रतिशतसम्मको ब्याजमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत समीक्षा अवधिमा ७५ करोड ९३ लाख रुपैयाँ कर्जा स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ ।

 

Share News