सिजी मोबाइल्सले ल्यायो दुई नयाँ मोडलहरु, स्मार्ट फिचरका साथै सस्ताे मूल्यमा पाइने

<p>काठमाडौं । सिजी मोबाइल्सले एस्ट्रो सिरिजमा दुई वटा नयाँ मोडल एस्ट्रो टर्च एम.वान्. र एस्ट्रो टर्च एस.वान्. लन्च गरेको छ । कम्पनीले नयाँ पुस्ताका लागि लक्षित गरेर ल्याएका मोबाईलमा इन्ट्री लेभल सेगमेन्ट समावेश गरिएको छ । मनोरञ्जन र कुराकानीका लागि पछिल्ला प्रविधि प्रयोग गरी बनाइएको मोबाइललाई बजेट शुल्क मै पाउन सकिने कम्पनीले जनाएको छ । [&hellip;]</p>

काठमाडौं । सिजी मोबाइल्सले एस्ट्रो सिरिजमा दुई वटा नयाँ मोडल एस्ट्रो टर्च एम.वान्. र एस्ट्रो टर्च एस.वान्. लन्च गरेको छ ।

कम्पनीले नयाँ पुस्ताका लागि लक्षित गरेर ल्याएका मोबाईलमा इन्ट्री लेभल सेगमेन्ट समावेश गरिएको छ । मनोरञ्जन र कुराकानीका लागि पछिल्ला प्रविधि प्रयोग गरी बनाइएको मोबाइललाई बजेट शुल्क मै पाउन सकिने कम्पनीले जनाएको छ ।

यी दुई मोबाइलको लन्च गरिसकेपछि सीजी मोबाईल्सका व्यवस्थापन प्रमुख रमेश श्रेष्ठले भने–‘हामीलाई विश्वास छ, यी दुई मोबाइलमा नयाँ प्रयोग भएको छ, एउटा यी मोबाईलको ब्याट्रीका साथसाथै स्मार्ट फिचरहरु समावेश छन् भने सस्तो पनि छ ।’ उनले एस्ट्रो टर्च एमवान् र एस्ट्रो टर्च एसवान्ले ग्राहकको मन जित्ने विश्वास गरको छ ।

यी मोबाईल लामो यात्रामा हिड्ने वा लामो समयसम्म चार्ज गर्न नपाउनेहरुका लागि उपयोगी हुने कम्पनीले बताएको छ । अडियो ज्याक, मोबाइल स्क्रिन पनि अपडेटेड प्रविधिमा आधारित रहेको सीजी मोबाइल्सको भनाई छ ।

कम्पनीका अनुसार यी दुई मोडल अति नै सस्तो मूल्यमा पाइने छ । एस्ट्रो टर्च एम.वान्को मूल्य एक हजार ७९९ रुपैयाँ र एस्ट्रो टर्च एस.वानको मूल्य एक हजार ४९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

Share News