काठमाडौं । चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरी संयुक्त राष्ट्र संघीय ग्लोवल सिइओ मिटमा सहभागी भएका छन् ।

संयुक्त राष्ट्र संघको मुख्यालयमा गत सोमबार सम्पन्न भएको उक्त सम्मेलनमा विश्वका ख्याती प्राप्त विजनेश लिडरहरु बिल एण्ड मलिन्डा गेट्स फाउण्डेशनकी सहअध्यक्ष मलिन्डा गेट्स, अलिबाबा ग्रुपका कार्यकारी अध्यक्ष ज्याकमा, अलवा लिदफिलान्थ्रपीजकी महासचिव एवं साउदी अरेबियाकी राजकुमारी लामिया विन्ट मजेद अल साउद संगै चौधरी गु्रपकातर्फबाट निर्वाण चौधरीको सहभागीता रहेको थियो ।
संयुक्त राष्ट्र संघीय दीगो विकास लक्ष्य प्राप्तीका निमित्त विजनेश लिडरहरुले खेल्नुपर्ने भुमिकाप्रति लक्षित रहेको उक्त सम्मेलनमा देशकै सबैभन्दा ठूलो बिजनेस हउस चौधरी गु्रपका तर्फबाट प्रबन्ध निर्देशक चौधरीले संयुक्त राष्ट्रसंगकोे आफ्नो सहकार्य र दीगो बिकास लक्ष्य प्राप्तीका लागि आफ्नो प्रतिबद्घता व्यक्त गरेका थिए ।
चौधरी ग्रुपले हालै संयुक्त राष्ट्र संघीय विकास साझेदार यु.एन.डि.पी. संग दीगो विकास लक्ष्य प्राप्तीकालागि सहकार्य सम्बन्धी सम्झौता गरेको थियो । त्यसैगरी संयुक्त राष्ट्र संघीय ७२औं महासभाको उपलक्ष्यमा युएनवुमेनद्वारा आयोजित एक विशेष कार्यक्रममा महिला तथा बालिकाहरुको हितकालागि रणनीतिक अन्तर्कियात्मक कार्यक्रममा पनि चौधरीको सहभागिता रहेको थियो ।