लोडसेडिङ हटाउने कुलेखानी जलासय १५१९ मिटर मात्र भरियो, अझै ११ मिटर बाँकी

<p>काठमाडौं । नेपालको एक मात्र ऊर्जा संचिती (पावर व्याकअप) को रुपमा रहेको कुलेखानी जलासयमा पानीको सतह १ हजार ५१९ मिटर नाघेको छ । जलासयको सतह बढ्ने क्रम जारी रहेकाले १ हजार ५२३ मिटर नाघने अनुमान प्राधिकरणको छ । यो वर्ष कुलेखानी वरपर क्षेत्रमा पर्याप्त वर्षा हुन नसक्दा पानीको सतह अपेक्षाकृत बढ्न सकेको छैन् । जलसायको [&hellip;]</p>

काठमाडौं । नेपालको एक मात्र ऊर्जा संचिती (पावर व्याकअप) को रुपमा रहेको कुलेखानी जलासयमा पानीको सतह १ हजार ५१९ मिटर नाघेको छ ।

जलासयको सतह बढ्ने क्रम जारी रहेकाले १ हजार ५२३ मिटर नाघने अनुमान प्राधिकरणको छ । यो वर्ष कुलेखानी वरपर क्षेत्रमा पर्याप्त वर्षा हुन नसक्दा पानीको सतह अपेक्षाकृत बढ्न सकेको छैन् । जलसायको क्षमता १ हजार ५३० मिटरसम्म छ । अझै ११ मिटर पानी भरिन बाँकी छ ।
यो वर्ष पनि पानीको सतह गत वर्षको जतिकै हुने नेपाल विद्युत प्राधिकरण प्रणाली सञ्चालन विभाग प्रमुख विष्णु श्रेष्ठले बताए । १ हजार ५२३ मिटर नाघने उनको भनाई छ । वर्षाको पानी संचित गरेर सुख्खायाममा बिजुली उत्पादन गर्न कुलेखानी निर्माण भएको हो ।

कुलेखानी दोस्रो र तेस्रोको जडित क्षमता ९२ मेगावाट । १४ मेगावाटको तेस्रो आयोजना निर्माणधिन छ । यो आर्थिक वर्षमा सकिने लक्ष्य लिइएको छ । यो समेत गरी कुलेखानीको जडित क्षमता १०६ मेगावाट पुग्ने छ ।

बाँध कमजोर हुदै

भूकम्पले गर्दा बाँधमा केही असर गरेरकाले बाँध कमजोर भएको प्रमुख श्रेष्ठ बताउछन् । बाँध कमजोर भएकाले १ हजार ५२५ मिटर भन्दा बढी पानी नथेग्ने संभावना रहेको उनको भनाई छ । आयोजना पुरानो भएको र भूकम्पले हल्लाउदा बाँधमा असर पुगेको छ । आउदो सुख्खायाममा लोडसेडिङ नहुने प्राधिकरणले बताएको छ ।

 

Share News