काठमाडौं । जलविद्युतमा लगानी जुटाउन काठमाडौंको भृकुटीमण्डपमा हिमालयन हाइड्रो एक्स्पोको आयोजना हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसले संयुक्त रुपमा पुस २१ देखि २३ गतेसम्म आयोजना हुने भएको छ ।

राष्ट्रिय योजना आयोगले एक्स्पो २०१८ लाई संरक्षकत्व प्रदान गर्नुका साथै नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफकमर्स, नेपाल बैंकर्स एसोसिएसनस र युथ कम्युनिटी फर नेप्लीज कन्ट्रयाक्टरको सक्रिय सहयोग रहेको छ ।
एक्सपोमा नेपाल टनेलिङ एसोसियसन, नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज, नेपाल–भारत उद्योग बाणिज्य संघको पनि सहयोग रहेको छ । यस एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसनले गदैछ ।
एक्सपोमा ३ सयभन्दा बढी स्टल राखिने भएको छ । जलविद्युत प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक, जलविद्युतमा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित स्टल राखिने भएको छ । ती स्टलमध्ये १५० भन्दा बढी विदेशी स्टल रहनेछन् ।
सरकारले घोषणा गरेको ७ बर्षमा १७ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यलाई पनि यो एक्स्पोले साथ दिने विश्वास गरिएको छ ।