काठमाडौं । प्रभु इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई १९.२० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि ५८ लाख ३६ हजार रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव असोज २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।