मञ्जुश्री फाइनान्सको असोज ९ गते बुक क्लोज, २५ गते विशेष साधारणसभामा जाँदै

<p>काठमाडौं । मञ्जुश्री फाइनान्सको अगामी असोज ९ गते बुक क्लोज हुने भएको छ । कम्पनीले विशेष साधारणसभा जाने प्रयोजनको लागि सो दिन फाइनान्सको बुक क्लोज हुन लागेको हो । कम्पनी अगामी असोज २५ गते विशेष साधारणसभामा जाँदै छ । उक्त साभामा कम्पनीले ५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विषेश प्रस्ताव लैजाँदै छ । भदौ ३० [&hellip;]</p>

काठमाडौं । मञ्जुश्री फाइनान्सको अगामी असोज ९ गते बुक क्लोज हुने भएको छ । कम्पनीले विशेष साधारणसभा जाने प्रयोजनको लागि सो दिन फाइनान्सको बुक क्लोज हुन लागेको हो ।

कम्पनी अगामी असोज २५ गते विशेष साधारणसभामा जाँदै छ । उक्त साभामा कम्पनीले ५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विषेश प्रस्ताव लैजाँदै छ ।

भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

Share News