नेपाल इन्भेष्टमेन्ट बैंकको असोज १८ गतेदेखि २१ दिन बुक क्लोज

<p>काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको आगामी असोज १८ गतेदेखि २१ दिन बुक क्लोज हुने भएको छ । बैंकले वार्षिक साधारणसभा प्रयोजनको लागि असोज १८ गतेदेखि कात्तिक ७ गतेसम्म बुक क्लोज गर्न लागेको हो । बैंकको ३१औँ वार्षिक साधारणसभा आगामी कात्तिक ७ गते हुने भएको छ । उक्त साभामा बैंकले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने विशेष [&hellip;]</p>

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको आगामी असोज १८ गतेदेखि २१ दिन बुक क्लोज हुने भएको छ । बैंकले वार्षिक साधारणसभा प्रयोजनको लागि असोज १८ गतेदेखि कात्तिक ७ गतेसम्म बुक क्लोज गर्न लागेको हो ।

बैंकको ३१औँ वार्षिक साधारणसभा आगामी कात्तिक ७ गते हुने भएको छ ।

उक्त साभामा बैंकले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने विशेष प्रस्ताव लैजाँदै छ । बैंकले १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश गरि सो मात्राको लाभांश दिने निर्णय गरेको हो ।

Share News