शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले २५ प्रतिशत बोनस सेयर दिने

<p>काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७३/०७४ को मुनाफाबाट २५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त निर्णय असोज २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैंककाे चुक्ता पूँजी एक अर्ब १० करोड रुपैयाँ छ । चुक्ता पुँजीकाे २५ प्रतिशतले कायम हुन आउने २७ करोड ५७ लाख २३ [&hellip;]</p>

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७३/०७४ को मुनाफाबाट २५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त निर्णय असोज २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो ।

बैंककाे चुक्ता पूँजी एक अर्ब १० करोड रुपैयाँ छ । चुक्ता पुँजीकाे २५ प्रतिशतले कायम हुन आउने २७ करोड ५७ लाख २३ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको बैंकले जनाएकाे छ ।

सञ्चालक समितिकाे निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको बोनस पाउने छन् ।

Share News