४२६ मेगावाटको फुकोट कर्णालीको डीपीआर एनईसीले बनाउने, विज्ञ नियुक्त हुँदै

<p>काठमाडौं । सरकार स्वामित्वको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेड (एनईसी) ले ४२६ मेगावाट क्षमताको फुकोट कर्णाली जलविद्युत आयोजनाको अध्ययन गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले हालै मात्र स्थापना गरेको कम्पनीले पहिलो पटक फुकोट कर्णाली आयोजनाको संभाव्यत्ता अध्ययन गरी विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने छ । आयोजनाको अध्ययन गर्न एनईसीले विज्ञ प्राविधिक सहयोग समूह (टीएसजी) [&hellip;]</p>

काठमाडौं । सरकार स्वामित्वको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेड (एनईसी) ले ४२६ मेगावाट क्षमताको फुकोट कर्णाली जलविद्युत आयोजनाको अध्ययन गर्ने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले हालै मात्र स्थापना गरेको कम्पनीले पहिलो पटक फुकोट कर्णाली आयोजनाको संभाव्यत्ता अध्ययन गरी विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने छ । आयोजनाको अध्ययन गर्न एनईसीले विज्ञ प्राविधिक सहयोग समूह (टीएसजी) मागेको छ । विद्युत प्राधिकरण अन्तर्गतको विद्युत उत्पादन कम्पनी लिमिटेडमार्फत फुलकोट कर्णाली आयोजना निर्माण हुन लागेको हो ।

जलविद्युत इन्जिनियर, हाइड्रोलोजी विज्ञ, जिओटेक्निकल इन्जिनियर, स्टक्चरल इन्जिनियर, बाँध इन्जिनियर, सिस्मोलोजिकल एक्सपर्ट, इलेक्ट्रोमेकानिकल विज्ञ मागेको छ । यस्तै हाइड्रोमेकानिकल इन्जिनियर, सुरुङ इन्जिनियर, वित्तीय तथा आर्थिक विश्लेषक, ऊर्जा प्रणाली विज्ञ, निर्माण योजनाकार, ठेक्का विज्ञ र टिम लिडर नियुत्त गर्न लागेको छ ।

जलविद्युत आयोजनामा परामर्श सेवा उपलब्ध गराउन एनईसीको स्थापना भएको हो । कम्पनीमा विद्युत प्राधिकरणको ५१, विद्युत उत्पादन कम्पनी र राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडको १७/१७ र जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडीसीएल) को १५ प्रतिशत सेयर लगानी छ । आयोजना निर्माणको जिम्मा सरकार स्वामित्वको विद्युत उत्पादन कम्पनीले पाएको छ ।

प्राधिकरणले स्वदेशी तथा विदेशी संस्थाबाट परामर्श सेवा खरिद गर्दे आएकोमा अबदेखि एनईसीमार्फत ठुला तथा साना आयोजनाको संभाव्यता अध्ययन र डीपीआर तयारीको काम हुने छ । सरकारले कालीकोटमा पहिचान भएको फूकोट कर्णाली आयोजना निर्माणको जिम्मा विद्युत उत्पादन कम्पनीलाई दिएको छ । कम्पनीले सोमबार आयोजना अध्ययनको अनुमति पाएको हो ।

कालिकोट जिल्लामा पर्ने फुलकोट आयोजनामा सेना, प्रहरी, शिक्षक र निजामति कर्मचारीले लगानी गरेर आयोजना निर्माण गर्नेबारे यसअघि ऊर्जा मन्त्रालयले गत जेठ ८ मा निर्णय गरेको थियो ।

ड्याम बनाएर क्यू ४० मा आयोजना निर्माण गर्दा लागत करिब ४१ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ अर्थात ४० करोड ८० लाख अमेरिकी डलर) अनुमान गरिएको छ । यही डिजाइनमा क्यू २५ मा निर्माण गर्दा लागत करिब ६१ अर्ब ८६ करोड रुपैयाँ अर्थात ६० करोड डलर अनुमान गरिएको छ ।

 

Share News