ग्रामीण विकास बैंकको एफपीओमा माग भन्दा बढी आवेदन, हेरौँ कति पर्यो ?

<p>काठमाडौं । नेपाल ग्रामीण विकास बैंकले भदौ २७ गतेदेखि छिटोमा ३० गतेसम्म जारी गरेको थप सार्वजनिक निष्काशन (एफपीओ)मा माग भन्दा बढीको आवेदन परेको छ ।  बैंकद्धारा  तोकिएको सो मितिसम्ममा २ अर्ब ७४ करोड ४० लाख ११ हजार ७ सय आवेदन परेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । बैंकले प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ९ लाख ७५ हजार [&hellip;]</p>

काठमाडौं । नेपाल ग्रामीण विकास बैंकले भदौ २७ गतेदेखि छिटोमा ३० गतेसम्म जारी गरेको थप सार्वजनिक निष्काशन (एफपीओ)मा माग भन्दा बढीको आवेदन परेको छ ।  बैंकद्धारा  तोकिएको सो मितिसम्ममा २ अर्ब ७४ करोड ४० लाख ११ हजार ७ सय आवेदन परेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । बैंकले प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ९ लाख ७५ हजार कित्ता साधारण शेयरहरुको सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

बिक्री प्रबन्धकका अनुसार आवेदन खुल्ला गरेको पहिलो दिन (मंगलबार) ३० करोड पच्चिस लाख भन्दा बढीको आवेदन परेको थियो भने दोस्रो दिन ५२ करोड भन्दा माथिको परेको  छ । त्यस्तै, तेस्रो दिन ७६ करोड ३८ लाख भन्दा बढी आवेदन परेको थियो । त्यसैगरी, चौथो अर्थात अन्तिम दिन १ अर्ब १५ करोड ७० लाख भन्दी बढी आवेदन गरी २ अर्ब ७४ करोड ४० लाख ११ हजार ७ सय आवेदन परेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

तोकिएको मितिसम्ममा माग अनुसारको आवेदन नपरेमा असोज १० गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिए पनि मागभन्दा बढी आवेदन परेपछि यही भदौ ३० गते नै एफपीओ बन्द गरिएको बैंकको बिक्री प्रबन्धकले जनाएको छ ।

Share News