वित्तीय संस्थाको ६०० प्रतिशत हकप्रद सेयर, २०० प्रतिशत बढी हकप्रद निष्कासन गर्दा अन्तराष्ट्रिय रुपमा राम्रो मानिदैन

<p>काठमाडौं । अन्तराष्ट्रिय मान्यता विपरित बैंक तथा वित्तीय संस्थाले ६ सय प्रतिशतसम्म हकप्रद सेयर निष्कासन गर्न थालेका छन् । नियामक निकायले चुक्तापुँजी बढाउन निर्देशन जारी गरेपछि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत बैंक तथा वित्तीय र बीमा कम्पनीले ६ सय प्रतिशतसम्म हकप्रद सेयर निष्कासन गर्न लागेका छन् । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले चुक्तापुँजी बढाउन ६ सय [&hellip;]</p>

काठमाडौं । अन्तराष्ट्रिय मान्यता विपरित बैंक तथा वित्तीय संस्थाले ६ सय प्रतिशतसम्म हकप्रद सेयर निष्कासन गर्न थालेका छन् ।
नियामक निकायले चुक्तापुँजी बढाउन निर्देशन जारी गरेपछि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत बैंक तथा वित्तीय र बीमा कम्पनीले ६ सय प्रतिशतसम्म हकप्रद सेयर निष्कासन गर्न लागेका छन् ।

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले चुक्तापुँजी बढाउन ६ सय प्रतिशतसम्म हकप्रद सेयर निष्कासन गर्न लागेको छ ।  नियामक निकाय र धितोपत्र बोर्डले अनुमाति दिएमा उसले हकप्रद निष्कासन गर्ने छ ।

नेपालमा हकप्रद सेयर निष्कासनको सीमा नतोकिएकाले जति पनि निष्कासन गर्न सक्ने बोर्डका प्रवत्ता नीरज गिरी बताउछन् । “अन्तराष्ट्रिय मान्यताअनुसार १ बराबर २ अनुपातमा हकप्रद निष्कासन गर्ने कम्पनीलाई राम्रो मानिन्दैन तर नेपालमा कानूनी व्यवस्था भएकाले हकप्रदको सीमा छैन्” उनले भने ।

हकप्रद सेयर निष्कासन गर्ने कम्पनीलाई विकशित मुलुकमा कमजोर मानिने र हकप्रदको घोषणा गरेपछि सेयर भाउ ओरालो लाग्ने उनको भनाई छ । नेपालमा हकप्रद निष्कासन गर्ने भनेपछि सेयरको भाउ उकालो लाग्ने गरेको छ ।

बोर्डले कम्पनीको अवस्था हरेर २ सय प्रतिशतसम्म हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको गिरी बताउछन् । “सेयर निष्कासनको आधार पुष्टि भएमा जति हकप्रद निष्कासन गर्न पाउने छ” उनले भने “तर आधार पुष्टि हुनुपर्छ । हामी हचुवाको भरमा अनुमति दिदैनौ ।”

नेपाल राष्ट्र बैंकले चुक्तापुँजी बढाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएपछि बैंक तथा वित्तीय संस्थाले पुँजी पु¥याउन धमाधम हकप्रद सेयर निष्कासन गर्न लागेका छन् । राष्ट्र बैंकले वाणिज्य बैंकलाई ८ अर्ब, विकास बैंकलाई साढे २ अर्ब र वित्त कम्पनीलाई ८० करोड रुपैयाँ चुक्तापुँजी पु¥याउन निर्देशन दिएको छ । सोही अनुसार पुँजी योजना तयार गरी धमाधम हकप्रद सेयर निष्कासन गरिरहेका छन् ।

यस्तै बीमा कम्पनीको पनि पुँजी बढाउन नियामक बीमा समितिले आउदो असारसम्म सयम दिएको छ । असारसम्म निर्जीवन बीमा व्यवसाय गर्नेले हालको २५ करोडबाट १ अर्ब र जीवन बीमा व्यवसाय गर्नेले ५० करोडबाट २ अर्ब रुपैयाँ पुँजी पुर्याउनु पर्ने व्यवस्था गरेको छ ।

चुक्तापुँजी बढाउन र व्यवसाय वृद्धिका लागि हकप्रद निष्कासन गरेको हो भने बोर्डले त्यस्तालाई निष्कासनको अनुमति दिने उनको भनाई छ । नियामक निकायले चुक्तापुँजी बढाउन निर्देशन दिएपछि हकप्रद सेयर निष्कासन गर्नु कम्पनीको वाध्यता भएको उनी बताउछन् ।

एकआपसमा गाभिन (मर्जर) प्रक्रियामा जाने संस्थाले बोनस सेयर बितरण गर्ने, त्यसले नपुगे हकप्रद र प्रिमियम मूल्यमा थप निष्कासन (एफपीओ) बिक्री भइरहेको छ । अधिकाँश बैंकले न्युन अनुपातमा हकप्रद बिक्री गरेका छन् ।

 

Share News