काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले २.५ मेगावाटको दरमखोला ए साना जलविद्युत आयोजना निर्माणका लागि आवश्यक वित्तीय स्रोत जुटाउन आयोजना प्रभावित स्थानियलाई १० प्रतिशत आईपीओ निष्कासन गर्न लागेको छ ।
आईपीओ निष्कासनको निर्णय गर्न कम्पनीले असोज २४ गते पहिलो वार्षिक साधारणसभा बोलाएको छ ।
साधारणसभाबाट पारित भएपछि कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिने छ । कति कित्ता आईपीओ निष्कासन गर्न लागेको भन्ने खुलाएको छैन् ।