एसबीआई बैंकले अटोलोन लिन बोलायो, तुरुन्तै दिने

<p> काठमाडौं । नेपाल एसबीआई बैंकले सवारीकर्जा (अटोलोन) लिन बोलाएको छ । बैंकले दशै र तिहारको अवसर पारेर आकर्षक ब्याज दरमा अटोलोन दिने योजना ल्याएको छ । नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरी अटोलोन खुला गरेपछि बैंकले गाडी किन्नेलाई कर्जा लिन बोलाएको हो । अटोलोनको अवधि न्युनतम ७ वर्ष, मासिक किस्तामा कर्जा तिर्ने व्यवस्था, ६५ प्रतिशत [&hellip;]</p>

 काठमाडौं । नेपाल एसबीआई बैंकले सवारीकर्जा (अटोलोन) लिन बोलाएको छ ।

बैंकले दशै र तिहारको अवसर पारेर आकर्षक ब्याज दरमा अटोलोन दिने योजना ल्याएको छ ।

नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरी अटोलोन खुला गरेपछि बैंकले गाडी किन्नेलाई कर्जा लिन बोलाएको हो ।

अटोलोनको अवधि न्युनतम ७ वर्ष, मासिक किस्तामा कर्जा तिर्ने व्यवस्था, ६५ प्रतिशत बैंकले कर्जा लगानी गर्ने र प्रक्रिया तुरुन्त सुरु हुने बैंकले जानकारी दिएको छ ।

इक्रा नेपालद्धारा एए रेटिङ प्राप्त एसबीआई पहिलो बैंक हो ।

Share News