नेपालको ऋण बढ्दै, यो वर्ष जीडीपीको २९.४ प्रतिशत पुग्ने

<p>काठमाडौं । नेपालको आन्तरिक र वाह्य ऋण भार वर्षेनी बढ्दै गएको छ । चालु आर्थिक वर्षमा यस्तो ऋण भार बढेर कुल ग्राहस्र्थ उत्पादनको २९.४ प्रतिशत पुग्ने भएको छ । विश्व बैंकले सार्वजनिक गरेको नेपाल डेभलपमेन्ट अपडेटमा नेपालको ऋण दाइत्व वर्षेनी बढ्दै गएको देखाएको छ । आगामी आर्थिक वर्षमा ऋण भार बढेर जीडीपीको ३१ प्रतिशत पुग्ने [&hellip;]</p>

काठमाडौं । नेपालको आन्तरिक र वाह्य ऋण भार वर्षेनी बढ्दै गएको छ । चालु आर्थिक वर्षमा यस्तो ऋण भार बढेर कुल ग्राहस्र्थ उत्पादनको २९.४ प्रतिशत पुग्ने भएको छ ।

विश्व बैंकले सार्वजनिक गरेको नेपाल डेभलपमेन्ट अपडेटमा नेपालको ऋण दाइत्व वर्षेनी बढ्दै गएको देखाएको छ ।

आगामी आर्थिक वर्षमा ऋण भार बढेर जीडीपीको ३१ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान छ ।

नेपालको आन्तरिक ऋणभार बढेर साढे ७ खर्ब रुपैयाँ नाघेको छ । गत आर्थिक वर्षमा जीडीपीमा ऋणको अनुपात २७.६ प्रतिशत थियो ।

विकासका नयाँ कार्यक्रम सञ्चालनका लागि आन्तरिक स्रोतले मात्र नपुग्ने भएपछि सरकारले आन्तरिक र वैदेशिक ऋण लिएर व्यवस्थापन गर्दे आएको छ । बजेटमा कर बाहेक अन्य स्रोत ऋण नै हो ।

नेपालको ऋण तिर्ने क्षमतामा सुधार आएको भन्दै एसियाली विकास बैंक (एडीबी) र विश्व बैंकले अनुदान कटौती गर्दे लगेका छन् ।यसले प्रतिव्यक्ति ऋण भार पनि बढाउदै लगेको छ ।

प्रत्येक नेपालको टाउकोमा २२ हजार रुपैयाँ हारहारीमा ऋण भार रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षसम्म आन्तरिक ऋण मात्र २ खर्ब ८३ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । बाँकी वैदेशिक ऋण रहेको छ ।

चालु आर्थिक वर्षमा सरकारले आन्तरिक ऋण मात्र १ खर्ब ४५ अर्ब र वैदेशिक ऋण २ खर्ब १४ अर्ब ३ करोड रुपैयाँ लिने लक्ष्य लिएको छ । चालु आवमा मात्र सरकारले आन्तरिक र वाह्य गरी ३ खर्ब ६० अर्ब रुपैयाँ बढी ऋण लिने तयारी गरेको छ ।

राष्ट्र बैंकमार्फत सरकारले विकास ऋणपत्र र ट्रेजरीबिल्स उपकरणमार्फत आन्तरिक ऋण उठाउन थालेको छ । गत आवमा सरकारले १ खर्ब १९ अर्ब रुपैयाँ ऋण तिर्नका लागि बजेट विनियोजन गरेको थियो । यो वर्ष १ खर्ब ३५ अर्ब रुपैयाँ ऋण तिर्ने लक्ष्य लिएको छ ।

विश्व बैंककाअनुसार सन् २०१४ मा सरकारको ऋण जीडीपीमा २८.३, २०१५ मा २५.६, २०१६ मा २८ र गत वर्ष २७.६ प्रतिशत थियो । सन् २००३ मा नेपालको ऋण जीडीपीको ६० प्रतिशत नाघेको थियो ।

 

Share News