काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडले निर्माण गरेको ३ मेगावाटको मिदिम करापु जलविद्युत आयोजनाको परीक्षण सफल भएको छ ।
सिभिललगायत अन्य संरचनाको निर्माण सम्पन्नपछि परीक्षण उत्पादन सफल भएको कम्पनीका अध्यक्ष किरण मल्लले जानकारी दिए ।
नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारणलाइनमा जोडिएको छ । आयोजनाको सिभिल निमार्ण हाइ हिमालयन हाइड्रोले गरेको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानियबासिन्दालाई पहिलो चरणमा साधारणसेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावितका लागि आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।
युनियनले पहिलो चरणमा ६ करोड ३३ लाख ७४ हजार रुपैयाँ बराबरको ६ लाख ३३ हजार ७४० कित्ता आईपीओ निष्कासन गर्ने छ । यसपछि सर्वसारणलाई आईपीओ निष्कासन गर्ने कम्पनीले जनाएको छ ।