सेञ्चुरी बैंकका सीईओ तिमल्सिनाको राजीनामा स्वीकृत, कामु सीईओमा जीवन भट्टराई

<p>काठमाडौं । सेञ्चुरी बैंकको कामु प्रमुख कार्यकारी अधिकृत (कामुसीईओ) मा जीवन भट्टराई नियुक्त भएका छन् । बैंकको आइतबार बसेको सञ्चालक समितिको २४२ औं बैठकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुजमणि तिमिल्सिनाले दिएको राजिनामा स्वीकृत गरेको छ । अर्को व्यवस्था नभएसम्मका लागि नायव प्रमुख कार्यकारी अधिकृत भट्टराईलाई कामुको जिम्मेबारी दिएको बैंकले जनाएको छ । भट्टराई ८ वर्षदेखि [&hellip;]</p>

काठमाडौं । सेञ्चुरी बैंकको कामु प्रमुख कार्यकारी अधिकृत (कामुसीईओ) मा जीवन भट्टराई नियुक्त भएका छन् ।

बैंकको आइतबार बसेको सञ्चालक समितिको २४२ औं बैठकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुजमणि तिमिल्सिनाले दिएको राजिनामा स्वीकृत गरेको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि नायव प्रमुख कार्यकारी अधिकृत भट्टराईलाई कामुको जिम्मेबारी दिएको बैंकले जनाएको छ ।

भट्टराई ८ वर्षदेखि सेञ्चुरी बैंकमा कार्यरत छन् । हिमालयन बैंकमा ५ वर्ष, सिद्धार्थ बैंकमा ८ वर्ष काम गरी सेञ्चुरीमा ८ वर्ष गरी २१ वर्षको बैंकिङ्ग क्षेत्रमा बिताएका छन् ।

 

 

Share News