काठमाडौं । सिजी इलेक्ट्रोनिक्सको सर्भिस टेक्निसियन मिट सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपालका विभिन्न ठाउँबाट ८० जना भन्दा धेरै टेक्निसियनहरुको उपस्थिती रहेको कम्पनीले जानकारी दिएको छ ।
कार्यक्रममा टेक्निसीयनले गरेको मेहेनतलाई सम्मान स्वरुप विभिन्न उपहारहरु प्रदान गरेको थियो । विभिन्न किसिमका प्रोडक्सहरु साइड बाइ साइड रेफ्रिजेरेटर, कमर्सियल वासिन मेसिन, डीसवासर, लेटेस्ट मोडल वेब अपरेटिङ एलइडी र अरु हाइ इन्ड प्रोडक्टको ट्रेनीङ् दिएको कम्पनीले जनाएको छ ।
‘यस्तो किसिमको कार्यक्रम गर्नाले टेक्निसियनरुमा आत्मबल बढ्नुका साथै काम गर्दा छुटै किसिमको आनन्द आउँछ । साथै, आउँदो दिनहरुमा पनि सिजी इलेक्ट्रोनिक्सले ‘वान टीम वान गोल’ भन्ने नारालाई सार्थक पार्नेछ भन्ने विश्वास लिएको छु।’ सिजी इलेक्ट्रोनिक्सका सर्भिस हेड विकाश श्रीवास्तवाले भने ।