काठमाडौं । दामी र हामीनिट इन्डस्ट्रिजले पर्वकाे अवसर पारेर दशैंको खुशी बाँडौं अफरको मेला आयोजना गरेको छ । ५ सयदेखि १५ सयसम्मको कपडाको खरिदमा ७५ प्रतिशत सम्म छुट अफर ल्याएको छ । ५ हजारभन्दा माथिको खरिदमा एउटा आकर्षक गिफ्ट ह्याम्पर दिने कम्पनीले जानकारी दिएको छ ।
केएल टावरको तेस्रो तल्लामा रहेको हामीनिटले महिला तथा पुरुषका लागि ऊलन कपडा, स्वेइटर, पञ्जा, टि–शर्ट, टोपी, मफलर, सल ,जिन्स पाइन्ट, टाउजर, साथै, वच्चाहरुका कपडालगायत बिभिन्न आकर्षक डिजाईनका पहिरनहरु नेपालमै उत्पादन गरी बिक्री बितरण गर्दै आईरहेको छ ।
हामीनिट ब्राण्डले छिटो समयमा नै लोकप्रिय ब्राण्डको रुपमा नेपालीका माझमा आफुलाई परिचित गराउदै लैजाने उद्देश्यका साथ आफ्ना उत्पादनहरुको प्रदर्शनी तथा बिक्री मेला आयोजना गरिएको कम्पनीका प्रबन्ध निर्देशक शान्ता बुढाथोकीले बताए ।
यो मेला भदौ २९ देखि असोज १३ गते सम्म केएल टावर चावहिलमा मेला जारी रहने कम्पनीले जनाएको छ ।