केएल टावरमा मोबाइलको मेगा मेला, बिग्रेको मोबाइल पनि एक्सचेन्ज हुने

<p>काठमाडौं ।राजधानीकाे केएल टावरमा मोबाइलको मेगा मेला सुरु भएको छ । दशैं तिहारको अबसर पारेर गरिएको मेला अन्तर्गत जस्तोसुकै बिग्रिएको फोन पनि एक्सचेन्ज गर्ने कम्पनीले जनाएको छ । केएल मोबाइल हबमा जारी मेगा मेलामा मोबाइल खरिदकर्ताले हात खाली नजाने उपहार पाउने छन् भने मेगा बम्पर उपहार अन्तर्गत एकजनाले आइफोन ८ र १ जनाले मलेसिया र [&hellip;]</p>

काठमाडौं ।राजधानीकाे केएल टावरमा मोबाइलको मेगा मेला सुरु भएको छ । दशैं तिहारको अबसर पारेर गरिएको मेला अन्तर्गत जस्तोसुकै बिग्रिएको फोन पनि एक्सचेन्ज गर्ने कम्पनीले जनाएको छ ।

केएल मोबाइल हबमा जारी मेगा मेलामा मोबाइल खरिदकर्ताले हात खाली नजाने उपहार पाउने छन् भने मेगा बम्पर उपहार अन्तर्गत एकजनाले आइफोन ८ र १ जनाले मलेसिया र सिंगापुरको टुर लक्की ड्र मार्फत पाउने छन् । मेगा मेलाको उद्घाटन नेपाल एअरलाइन्सका क्याप्टेन तथा सिटिभी मोबाइल ग्रुपका ब्राण्ड एम्बेसडर बिजय लामाले गरेको कम्पनीले जानकारी दिएको छ ।

केएल मोबाइल हव संचालनको अबसरमा ल्याइएको उपहार योजना अन्तर्गत फेसबुक फोटो कन्टेस्टमा भाग लिएका सिन्धुपाल्चोकका हरि कुमार दुलालले सामसुङ एस ८ प्लस प्राप्त गरेका छन् । बिजयी भएका दुलाललाई नेपाल एअरलाइन्सका क्याप्टेन तथा सिटिभी मोबाइल ग्रुपका ब्राण्ड एम्बेसडर लामाले एस ८ प्लस हस्तान्तरण गरेको कम्पनीले जानकारी दिएको छ । यसैगरि, बिजय लामा सँगै मलेसिया र सिंगापुरको भ्रमण गर्ने अबसर धुम्बाराहीकी स्मारिका बिष्टले पाएकी छन् । बिहिबार ब्राण्ड एम्बेसडर लामा स्वयंले लक्की ड्र निकाल्दा यो अबसरको फाइदा लिने भाग्यमानी ग्राहकमा बिष्ट परेकी हुन् ।

दशैं तथा तिहारको अबसर पारी सुरु गरिएको मोबाइलको मेगा मेलामा मोबाइल खरिद गर्ने ग्राहकले सेल्फीस्टिक, पावर बैंक, मोबाइल, नगद र बिभिन्न एशोसरिज प्राप्त गर्ने ब्रान्च मेनेजर उर्मिला लामाले बताइन् ।

यसको साथै मेलामा ६० प्रतिशतसम्म छुटका मोबाइल पनि रहेकाले कम्पनीले अफर भित्रको पनि अफर योजना समाबेश गरेको छ । साथै, यो मेगा मेला तिहार सम्म संचालनमा आउने कम्पनीले जानकारी दिएको छ ।

 

 

Share News