सामसङ इलेक्ट्रोनिक्सले टिभि तथा होम अप्लाइन्सहरुमा ३३ प्रतिशतसम्म छुट दिने

<p>काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले चाडपर्वलाई लक्षित गर्दै खुशी फर्की आयो योजना ल्याएको छ । यस योजना अन्तर्गत हरेक सामसङ टिभि तथा होम अप्लाइन्सहरुको खरिदमा  ३३ प्रतिशतसम्मको छुटको व्यवस्था ल्याएकाे छ । यो फेस्टिभ प्राइस अन्तर्गत २२ प्रतिशतदेखि ३३ प्रतिशतसम्मको छुटमा सामसङका ीभ्म् टिभि तथा १२ देखि २२ प्रतिशतसम्मको छुटमा सामसङका होम अप्लाइन्सहरु खरिद गर्न सकिने [&hellip;]</p>

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले चाडपर्वलाई लक्षित गर्दै खुशी फर्की आयो योजना ल्याएको छ । यस योजना अन्तर्गत हरेक सामसङ टिभि तथा होम अप्लाइन्सहरुको खरिदमा  ३३ प्रतिशतसम्मको छुटको व्यवस्था ल्याएकाे छ ।

यो फेस्टिभ प्राइस अन्तर्गत २२ प्रतिशतदेखि ३३ प्रतिशतसम्मको छुटमा सामसङका ीभ्म् टिभि तथा १२ देखि २२ प्रतिशतसम्मको छुटमा सामसङका होम अप्लाइन्सहरु खरिद गर्न सकिने छ । सामसङका निश्चित टिभिहरुमा २ वर्षको वारेन्टी सुविधा पनि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

सामसङका २४एच४००३, ३२एफएच४००३ तथा के सिरिज र एम सिरिज सबै एलइडी टीभीहरुमा २ वर्षको वारेन्टी सुविधा उपलब्ध हुने छ । ग्राहकले टिभिको वारेन्टीलाई दर्ता गर्न सामसङको ग्राहकसेवा केन्द्रमा टोलफ्री नम्बर १६६०–०१–७२६६७(एनटीसी), ९८०–१५–७२६६७(एनसेल)मा सम्पर्क गरी टिभीको मोडेल नम्बर, खरिद मिति र बिलनम्बर तथा टिभिमा भएको सिरियल नम्बर उपलब्ध गराउनु पर्ने कम्पनीले जनाएको छ ।

यो योजनाहिम इलेक्ट्रोनिक्स तथात्रिवेणी व्यापारले प्रस्तुत गरेकाहुन् । योजना २०७४ भदौं ३० गतेदेखि कात्तिक १४ गतेसम्म सामसङ इलेक्ट्रोनिक्सका आधिकारिक स्टोरहरुमा मात्र लागू हुने कम्पनीको जानकारी दिएको छ ।

 

Share News