काठमाडौं ।आउदौ ३ वर्षपछि नेपाल बिजुली उत्पादन आत्मनिर्भर हुने भएको छ । निर्माणधिन सबैभन्दा ठुलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना सञ्चालनमा आएपछि भारतबाट हुदै आएको विद्युत आयात लगभग बन्द हुने छ ।
आउदो ३ वर्षमा १ हजार २ सय मेगावाट बिजुली थप भई कुल जडित क्षमता २ हजार १ सय मेगावाट नाघने छ । सुख्खायाममा केही आयात गरेपनि वर्षादमा पुरै बन्द हुने भएको छ ।
माथिल्लो तामाकोसीका अतिरित्त निजी र सार्वजनिक क्षेत्रबाट धेरै आयोजना सम्पन्न भई विद्युत उत्पादन थप हुने भएपछि भारतबाट बिजुली आयात बन्द हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
माथिल्लो तामाकोसीको पहिलो युनिट ०७५ को असारसम्म र अन्य युनिट सोही वर्षको पुससम्म सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनले जानकारी दिए । उनका अनुसार माथिल्लो तामाकोसी आएपछि वर्षादको ६ महिना हामी बिजुली बढी भई निकासीको अवस्थामा पुग्ने देखिएको छ ।
लोडसेडिङ हटाउन प्राधिकरणले भारतबाट विद्युत आयात गरिरहेको छ । गत वर्ष भारतबाट ३८० मेगावाटसम्म बिजुली आयात गरिसकेको छ । यो वर्ष १ सय मेगावाट थप आयात गरी ४८० मेगावाटसम्म बिजुली आयात गर्ने प्राधिकरणको तयारी छ । यसका लागि आवश्य पुर्वाधार तयारी हुनका साथ प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणका क्रममा स्वीच थिचेर आयातको शुभारम्भ भइसकेको छ ।
तामाकोसी अर्धजलासययुक्त आयोजना भएकाले साँझको मागलाई पुरा गर्ने छ । यस्तै कुलेखानी चमेलिया जस्ता अर्धजलासययुक्त आयोजना पनि सम्पन्न हुने चरणमा रहेका छन् । यो वर्ष निजी क्षेत्र र सार्वजनिक गरी २४५ मेगावाट बिजुली थप हुदैछ । गत वर्ष ११ आयोजना सम्पन्न भई प्रणालीमा १२२ मेगावाट बिजुली थप भइसकेको छ । हाल बिजुलीको माग बढेर १ हजार ३५० मेगावाट पुगेको छ ।
सुख्खायाममा रोल्वालिङ खोलाको पानी ६ किलोमिटर सुरुङ निर्माण गरी तामाकोसीमा ल्याएर थप साढे १६ करोड युनिट बिजुली थप्ने योजना अघि बढेको छ । यसको संभाव्यता अध्ययन सम्पन्न भइसकेको छ ।
माथिल्लो तामाकोसी आयोजना सम्पन्न भएपछि वर्षादको ४ महिना बढी हुने बिजुली व्यवस्थापन गर्न ऊर्जा बैंक स्थापनका तयारी भएको छ ।
विद्युत प्राधिकरणले वर्षादमा बढी भएको बिजुली निकासी र सुख्खायाममा आयात गर्न लागि भारतसंग ऊर्जा बैंकिङ अवधारणामा छलफल सुरु गरेको छ । ऊर्जा बैंकको काम अघि बढाएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए ।
विद्युत प्राधिकरण र भारतको केन्द्रीय विद्युत नियमन आयोगका अतिरित्त नेपालमा बिजुली व्यापार गर्ने नोडल एजेन्सी एनभीभीएन विद्युत व्यापार निगम लिमिटेडलसंग छलफल सुरु भएको छ ।
माथिल्लो तामाकोसीलगायत अन्य केही ठुला आयोजना सञ्चालनमा आएपछि ०७६ देखि वर्षादको ४ महिना बिजुली उत्पादन बढी हुने प्रक्षप्रणका आधारमा विद्युत् प्राधिकरणले वर्षादमा बढी भएको बिजुली भारतलाई बेचेर सुख्खायाममा भारतबाट खरिद गर्न ऊर्जा बैंकिङ स्थापना गर्न लागेको हो ।
४५६ मेगावाटको माथिल्लो तामाकोसीलगायत अन्य केही आयोजना सञ्चालनमा आएपछि वर्षादमा बिजुली बढी हुने र सुख्खायाममा कम हुने देखिएपछि यसको व्यवस्थापनका लागि विद्युतसंग सम्बद्ध भारतीय अधिकारीसंग छलफल भएको हो ।
वर्षादमा बढी भएको बिजुली भारतमा निकासी गरेर सुख्खायाममा आयात हुने गरी ऊर्जा बैंकिङको अवधारणा लागु गर्न खोजिएको उनको भनाई छ । यसबाट वर्षादमा बढी भएको बिजुली निकासी गर्ने र सुख्खामा आयात हुने छ ।
तामाकोसीले वर्षादको ३ महिना मात्र पुर्ण क्षमता ४५६ मेगावाट बिजुली उत्पादन गर्ने छ । मंसिर, पुस, माघ, फागुन, चैत, बैशाख र जेठसम्म नदीको पानी वहाव घटेपछि यसको असर उत्पादनमा परी ९० मेगावाटमा झर्ने छ । तामाकोसी आएपछि वर्षादमा बिजुली छेलोखेलो भएपनि सुख्खायामा उत्पादन घटेर केही घण्टा लोडसेडिङ हुने अवस्था अझै पनि छ ।