विदेशमै रासायनिक मल उद्योग खोल्नेबारे छलफल सुरु, ग्यासको पाइपलाइन नभै नेपालमा असम्भव

<p>काठमाडौं । एलपी ग्याँसको खानी भएकै मुलुकमा रासायनिक मल उत्पादन गरेर नेपाल ल्याउने विकल्पबारे छलफल सुरु भएको छ । भारतीय कम्पनी डेभलपमेन्ट कर्पोरेशन (कर्नाटक) लिमिटेडले तयार पारेको रासायनिक मल उद्योग स्थापना सम्बन्धी डिपिआरको अध्ययनका क्रममा एलपी ग्याँसको खानी भएकै मुलुकमा मल उद्योग स्थापना गर्ने विकल्पबारे छलफल भएको हो । सो कम्पनीले ढल्केबरमा रासायनिक मल उद्योग [&hellip;]</p>

काठमाडौं । एलपी ग्याँसको खानी भएकै मुलुकमा रासायनिक मल उत्पादन गरेर नेपाल ल्याउने विकल्पबारे छलफल सुरु भएको छ । भारतीय कम्पनी डेभलपमेन्ट कर्पोरेशन (कर्नाटक) लिमिटेडले तयार पारेको रासायनिक मल उद्योग स्थापना सम्बन्धी डिपिआरको अध्ययनका क्रममा एलपी ग्याँसको खानी भएकै मुलुकमा मल उद्योग स्थापना गर्ने विकल्पबारे छलफल भएको हो ।

सो कम्पनीले ढल्केबरमा रासायनिक मल उद्योग उस्थापना गर्न सकिने प्रतिवेदन बुझाएको थियो । तर ठुलो मात्रामा एलपी ग्याँस आवश्यक पर्ने देखिएपछि त्यस्तो विकल्पबारे छलफल अघि बढेको हो । ‘एलपी ग्यासको पाइपलाईन नभएसम्म नेपालमा रासायनिक मल उद्योग सञ्चालन गर्न नसकिने अवस्था देखियो, त्यसैले जुन देशमा ग्यासको खानी छ, त्यसकै नजिक मल उद्योग स्थापना गरेर मल मात्रै नेपाल ल्याउने विकल्पबारे छलफल अघि बढाएका छौं’, राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रभु बुढाथोकीले भने ।

लगानी बोर्डको साउन १८ गते बसेको बैठकले डा. बुढाथोकीको नेतृत्वमा रासायनिक मल उद्योग स्थापना सम्बन्धी डिपिआर अध्ययनका लागि उनको नेतृत्वमा उच्चस्तरिय समिति गठन गरेको थियो । सो समितिका संयोजक बुढाथोकीले नै ग्यास खानी भएकै मुलुकमा रासायनिक मलको उद्योग स्थापना गर्नुपर्ने विकल्पमा छलफल अघि बढाएका हुन् ।

‘पानी र कोइलाबाट मल उत्पादन गर्ने प्रबिधी अहिले छैन, हामीसँग एलपी ग्यासको खानी पनि छैन, बुलेटबाट ग्यास ल्याएर नेपालमै रासायनिक मल उत्पादन गर्ने कुरा त्यति सम्भव देखिएन, त्यसैले नयाँ विकल्पबारे आफैंले छलफल सुरु गरेको हुँ’, उनले विकासन्युजसँग भने । भारतीय कम्पनीले ७ लाख मेट्रिक टन मल उत्पादन क्षमताको उद्योग १६२ हेक्टर जमिनमा स्थापना गर्न सकिने उल्लेख गरेको छ । त्यस्तो उद्योग स्थापनाका लागि ७० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

भेटिएनन् रासायनिक मल विज्ञ
समितिले अब रासायनिक मल विज्ञ नेपालीहरुसँग छलफल गर्ने तयारी गरेको छ तर अहिलेसम्म नेपालमा रासायनिक मलका विज्ञ फेला पार्न सकेको छैन् । त्यसैले विदेशमै रहेको नेपाली रासायनिक मल विज्ञहरु समेत खोज्ने क्रम सुरु गरेको बुढाथोकीले बताए । ‘हामीले एउटा प्राबिधिक टिम बनाएका छौं, त्यो टिमले रासायनिक मलका विज्ञहरु खोजेर थप अध्ययन गर्छ’, बुढाथोकीले भने ।

Share News