एजेन्सी । विश्वका केही ठुला मुलुक पेट्रोल तथा डिजेलबाट चल्ने कारहरु हटाउने दौडमा छन् । विश्वको ठुलो कार बजार भएको चीनले जिवास्म ईन्धन (पेट्रोल तथा डिजेल) बाट चल्ने गाडीको उत्पादन तथा बिक्रीलाई प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

त्यस्तै भारत, फ्रान्स, बेलायत र नर्वे लगायतका मुलुकले पेट्रोल तथा डिजेल कारलाई निषेध गर्दै सफा गाडीको अवधारणा अनुसार जाने तयारी थालेका छन् ।
जर्मनका चान्सलर एन्गेला मार्केलले आधुनिक कारले आफ्नै अवसान मिती तय गरेको बताएकी छन् । न्युनतम ८ मुकहरुले विद्युतीय कारलाई प्राथमिकतामा राख्ने लक्ष्य राखेका छन् ।
यस्ता छन् सिएनएनले तयार पारेको रिपोर्ट
बेलायत
गत जुलाईमा बेलायतले वातावरण स्वच्छ राख्ने उद्येश्य सहित सन् २०४० सम्ममा पेट्रोल तथा डिजेल कारको बिक्रीमाथि प्रतिबन्ध लगाउने अठोट लिएको थियो । सन् २०५० सम्ममा सबै गाडिहरुले सडकमा शुन्यमात्रामा प्रद्षण अनिवार्य गरिने लक्ष्य रहेको छ । विश्वकै छैठौं ठुलो गाडी बजार रहेको बेलायतमा सन् २०१६मा २७ लाख कारहरु दर्ता भएका थिए ।
फ्रान्स
फ्रान्स सरकारले ग्लोबल वार्मिङ विरुद्ध लड्न सन् २०४० सम्ममा पेट्रोल तथा डिजेल गाडीको बिक्रीको अन्त्य गर्ने घोषणा गरेको छ । सो मितीपछि सरकारले विद्युतीय तथा वातावरणमैत्री सवारी सञ्चालनका लागि मात्र अनुमति प्रदान गर्नेछ ।
यद्यपी मझौला किसिमका कारलाई भने अनुमति दिइनेछ । फ्रान्सका सरकारी अधिकारी निकोलास ह्युलटले सो लक्ष्यबाट राष्ट्रका कार निर्माता कम्पनीको अनवेषण तथा बजार प्रतिनिधित्वमा सघाउ पुग्ने बताएका छन् ।
फ्रान्समा विद्युतीय कारको बजार हिस्सा चार प्रतिशत रहेको छ । सन् २०१७ को पहिलो चौमासिकमा विद्युतीय कारको बिक्री २५ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ ।
भारत
यसै वर्षको सुरुवातमा भारतले सन् २०३० सम्ममा सबै सवारीसाधनलाई विद्युतबाट सञ्चालनमा ल्याउने अठोट प्रस्तुत गरेको थियो ।
सरकारका उर्जा सल्लाहकार अनिलकुमार जैनले भने, यो एक महत्वाकांक्षी योजना हो । अन्तत यो कार्यन्वयनमा आउनेछ ।’
वायु प्रदुषणले ग्रस्त भारतमा विश्वकै अत्याधिक प्रदुषित सहरहरु छन् । यद्दपी यहाँ नीतिनिर्माताबाट ठुलो परिवर्तन ल्याउन सक्ने अपेक्षा राख्न सकिन्छ ।
नर्वे
नर्वे सरकारको यातायातसम्बन्धी योजनाले स्पष्टरुपमा लक्ष्य लिएको छ ( सन् २०२५ सम्ममा बिक्री हुने सबै नयाँ प्यासेन्जर कार तथा भ्यानहरु प्रदुषण रहित हुनुपर्नेछ ।
यसले सोहि बाटो अवलम्बन गरिरहेको स्पष्ट रुपमा देखिन्छ । गत वर्षको तथ्यांक अनुसार यो मूलुकमा जम्मा बिक्री भएका कार मध्ये करिब ४० प्रतिशत विद्युतीय तथा मझौला किसिमका कार रहेका छन् ।
यसबाहेक अस्ट्रिया, डेनमार्क, आयरल्याण्ड, जापान, कोरिया, नेदरल्याण्ड, पोर्चुगल तथा स्पेनले औपचारिकरुपमा नै विद्युतीय सवारीमा बिक्री बढाउने लक्ष्य राखेका छन् । अन्तराष्ट्रिय उर्जा संघको रिपोर्ट अनुसार विश्वको ९५ प्रतिशत विद्यतीय कारहरु चीन,अमेरिका, जापान, क्यानडा, नर्वे, बेलायत,फ्रान्स, जर्मनी, नेदरल्यान्ड र स्विडेनमा बिक्री वितरण हुन्छन् ।