मेगा बैंकको ६५ प्रतिशत हदप्रद शेयर निष्काशन

<p>काठमाडौँ । चुक्तापुँजी बढाउन मेगा बैंकले हकप्रद शेयर निष्काशन गरेको छ । बैंकले मंगलबारबाट ६५ प्रतिशत हकप्रद शेयर जारी गरेको बैंकका सिइओ अनिलकेशरी शाहले जानकारी दिए । उनका अनुसार २ अर्ब ९७ करोड ८५ लाख ३ हजार ४६३ रुपैंया बराबरको २ करोड ९७ लाख ८५ हजार कित्ता हकप्रद निष्काशन गरिएको हो । हकप्रद शेयर र [&hellip;]</p>

काठमाडौँ । चुक्तापुँजी बढाउन मेगा बैंकले हकप्रद शेयर निष्काशन गरेको छ ।
बैंकले मंगलबारबाट ६५ प्रतिशत हकप्रद शेयर जारी गरेको बैंकका सिइओ अनिलकेशरी शाहले जानकारी दिए ।

उनका अनुसार २ अर्ब ९७ करोड ८५ लाख ३ हजार ४६३ रुपैंया बराबरको २ करोड ९७ लाख ८५ हजार कित्ता हकप्रद निष्काशन गरिएको हो ।

हकप्रद शेयर र गत आर्थिक बर्षसम्मको नाफाबाट वितरणयोग्य रकम समेत गरी बैंकको चुक्तापुँजी ८ अर्ब रुपैयाँ भन्दा बढी पुग्ने बैंकले जनाएको छ । मेगा बैंकले नविल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई हकप्रद साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको थियो ।

 

 

Share News