चिलिमे–त्रिशुली प्रसारणलाइनको जिम्मा चीनको पिङगाओ ग्रुपले पायो, डेढ वर्षमा सम्पन्न हुने

<p>काठमाडौं । चिलिमेदेखि त्रिशुलीसम्म २२० केभी क्षमताको प्रसारणलाइनको जिम्मा चिनियाँ कम्पनीले पाएको छ । सबैभन्दा कम दर प्रस्ताव गर्ने पिङगाओ ग्रुप कम्पनी लिमिटेडले पाएको छ । उसले १ अर्ब ६ करोड ८० लाख रुपैयाँमा ठेक्का पाएको हो । जसअनुसार ४४ करोड ३६ लाख ५० हजार रुपैयाँ र ५९ लाख ३१ हजार अमेरिकी डलरमा भुत्तानी हुने [&hellip;]</p>

काठमाडौं । चिलिमेदेखि त्रिशुलीसम्म २२० केभी क्षमताको प्रसारणलाइनको जिम्मा चिनियाँ कम्पनीले पाएको छ ।
सबैभन्दा कम दर प्रस्ताव गर्ने पिङगाओ ग्रुप कम्पनी लिमिटेडले पाएको छ । उसले १ अर्ब ६ करोड ८० लाख रुपैयाँमा ठेक्का पाएको हो । जसअनुसार ४४ करोड ३६ लाख ५० हजार रुपैयाँ र ५९ लाख ३१ हजार अमेरिकी डलरमा भुत्तानी हुने छ ।
पहिलो प्याकेजअनुसार चिलिमे हवदेखि त्रिशुली ३ बी हवसम्म २२० केभी प्रसारणलाइन निर्माणको हुने छ । यो प्रसारणलाइन बनेपछि १११ मेगावाटको रसुवागढी र ५७ मेगावाट क्षमताको सान्जेनलगायत एक दर्जन साना ठुला आयोजनाको बिजुली त्रिशुली ३ बी हवमा जोडिएर राजधानीमा आपूर्ति हुनेछ ।
प्रसारणलाइन निर्माणका लागि भारतको कलपतरु ट्रान्सिमिसन लाईन लिमिटेड र केईसी इन्टरनेसनल लिमिटेडले भाग लिएका थिए । यी दुई कम्पनीभन्दा चिनियाँले सस्तो प्रस्ताव गरेपछि विद्युत प्राधिकरणले उसलाई जिम्मेबारी दिएको हो । ठेक्का सम्झौता भएको डेढ वर्षमा पिङाओले सो प्रसारणलाइनको काम सम्पन्न गर्नुपर्ने छ ।
प्रसारणलाइनको काम सुरु नहुदा रसुवागढी र सान्जेनलगायत अन्य निर्माणधिन आयोजनाको बिजुली खेर जाने अवस्था आएको थियो । प्रसारणलाइन आउदो सन् २०१९ मा सम्पन्न हुने छ ।

Share News