कोका–कोलाको दशैं र तिहारको मेगा अफरमा बाइक जित्ने मौका

<p>काठमाडौं । कोका–कोला नेपालले मेगा दशैं तिहार उपभोक्ता प्रबद्र्धन अभियान ‘मन खोलौं कोकसँग ’ योजना बजारमा ल्याएको छ । कोका–कोलाले उपभोक्तालाई आकर्षित गर्न याे याेजना ल्याएकाे  हो । उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर कोका–कोलाले यस अघि पनि विभिन्न किसिमका उपहारहरु जित्ने अवसर प्रदान गरेको थियो । यो वर्ष, कोका–कोलाले यसभन्दा अघि नभएको योजना ल्याएकाे छ । [&hellip;]</p>

काठमाडौं । कोका–कोला नेपालले मेगा दशैं तिहार उपभोक्ता प्रबद्र्धन अभियान ‘मन खोलौं कोकसँग ’ योजना बजारमा ल्याएको छ । कोका–कोलाले उपभोक्तालाई आकर्षित गर्न याे याेजना ल्याएकाे  हो ।

उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर कोका–कोलाले यस अघि पनि विभिन्न किसिमका उपहारहरु जित्ने अवसर प्रदान गरेको थियो । यो वर्ष, कोका–कोलाले यसभन्दा अघि नभएको योजना ल्याएकाे छ । साथै, यो अभियान भदौ २० देखी शुरु भएर असोज ३० गतेसम्म हुने कम्पनीले जानकारी दिएको छ ।

यो वर्षको अभियान मोटरबाईक जित्ने विशेष अवसरका साथ आएको छ । यसमा एउटा टिभीएस स्ट्राइकर १ सय २५ सीसी प्रत्येक दिन जित्न सकिने छ । यो अभियान अन्तरगत अन्य आकर्षक पुरस्कारहरु, दैनिक ४ वटा एलजी एलईडी टिभीहरु र १०० रुपैयाँको मोबाइल रिचार्ज ईसेवाको माध्यमबाट दैनिक रुपमा ४०० जनाले जित्न सक्नेछन् ।

यो अभियानमा सहभागी हुनका लागि, लेबलको मुनि भएको १० अंकको यूनिक कोड हेरेर ३७७२२ मा बिहान ११ बजेदेखि बेलुकी ७ बजे भित्र एसएमएस गर्नुपर्नेछ र सो एसएमएसलाई त्यही दिनको लक्की ड्रमा समावेश गरिनेछ । पुरस्कार प्राप्त गर्नका लागि सक्कली लेबलका साथमा बिजेता भएको यूनिक कोड अनिवार्य राख्नु पर्नेछ । यो योजना बाहेक पनि स्टकहरु उपलब्ध रहेका छन् । अन्य बिस्तृत जानकारीहरु राष्ट्रिय दैनिकहरुबाट प्रदान गरिने कम्पनीले जनाएको छ ।

कोका–कोला, फान्टा र स्प्राइटको ५०० मिली लिटर, १.५ लिटर र २.२५ लिटरको प्याकका साथमा अतिरिक्त रिफ्रेसमेन्टका साथै मेगा दशैं उपहारहरु जित्ने अवसर लिन कम्पनीले ग्राहकलाई आग्रह गरेको छ ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक पुनित भार्सनेले भने,‘यो वर्षको सबैभन्दा प्रतिक्षारत समयमा हामी आईपुगेका छौं, हाम्रा उपभोक्ताहरुले गत वर्ष निकै मनपराउनु भएको सम्बन्ध विषयको अभियान ‘मन खोलौं कोकसंग ’, यो वर्ष फेरी आएको छ, जसले तपाईलाई आफ्नो मनपर्ने मानिससंग उत्सवमय अवसर प्रदान गरेको छ । ’

 

 

Share News