नेपाल बैंकले नागरिक लगानी कोषमा रहेको संस्थापक सेयर बेच्दै, न्युनतम् मूल्य ३ हजार ५०

<p>काठमाडौं । नेपाल बैंक लिमिटेडले नागरिक लगानी कोषमा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले २ लाख ११ हजार ५१५ कित्ता संस्थापक सेयर प्रतिकित्ता न्युनतम ३ हजार ५० रुपैयाँमा बिक्री गर्नका लागि बोलपत्र आब्हान गरेको छ । सोमबार कोषको सेयर प्रतिकित्ता ३ हजार ५७० रुपैयाँमा कारोबार भएको थियो । सेयर बैंक तथा वित्तीय [&hellip;]</p>

काठमाडौं । नेपाल बैंक लिमिटेडले नागरिक लगानी कोषमा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
बैंकले २ लाख ११ हजार ५१५ कित्ता संस्थापक सेयर प्रतिकित्ता न्युनतम ३ हजार ५० रुपैयाँमा बिक्री गर्नका लागि बोलपत्र आब्हान गरेको छ ।

सोमबार कोषको सेयर प्रतिकित्ता ३ हजार ५७० रुपैयाँमा कारोबार भएको थियो ।
सेयर बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी बाहेक व्यक्ति सहभागी हुन नपाउने बैंकले जानकारी दिएको छ ।

३ हजार ५० रुपैयाँ भन्दा कम मूल्य पेश गर्नेलाई बोलकबोलको मूल्यमा सहभागी नगराइने बैंकले जनाएको छ ।

बोलकबोलमा भाग लिनेले न्युनतम् १० हजार कित्ता प्रस्ताव गर्नुपर्ने छ । बोलपत्र असोज २४ गते खोलिने बैंकले जनाएको छ ।

Share News