नेपाल ग्रामीण विकास बैंकको एफपीओ बिक्री खुला, १ सय मा पाइने, न्युनतम् ५० कित्ता भर्नुपर्ने

<p>काठमाडौं । नेपाल ग्रामीण विकास बैंकको थप निष्कासन (एफपीओ) मंगलबारदेखि बिक्री खुला भएको छ । बैंकले १ सय रुपैयाँमा ९ लाख ७५ हजार कित्ता एफपीओ निष्कासन खुला गरेको छ । दरखास्त दिनुपर्ने न्युनतम ५० कित्ता र बढीमा ४ हजार ८७० कित्ता रहेको बैंकले जनाएको छ । एफपीओ निष्कासन बन्द छिटोमा शुक्रबार र ढिलोमा असोज १० [&hellip;]</p>

काठमाडौं । नेपाल ग्रामीण विकास बैंकको थप निष्कासन (एफपीओ) मंगलबारदेखि बिक्री खुला भएको छ ।

बैंकले १ सय रुपैयाँमा ९ लाख ७५ हजार कित्ता एफपीओ निष्कासन खुला गरेको छ ।

दरखास्त दिनुपर्ने न्युनतम ५० कित्ता र बढीमा ४ हजार ८७० कित्ता रहेको बैंकले जनाएको छ ।

एफपीओ निष्कासन बन्द छिटोमा शुक्रबार र ढिलोमा असोज १० गतेसम्मलाई तोकिएको छ ।

चुक्तापुँजी बढाउन बैंकले एफपीओ निष्कासन गरेको हो ।

Share News