विवेकपुर्ण निर्णय लिएर सेयरमा लगानी गर्न इन्भेटर्स फोरमको आग्रह

<p>काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले सेयर बजार घट्दै गएकोमा चिन्ता व्यक्त गर्दे हत्तोसाहित नहुन लगानीकर्तालाई अनुरोध गरेको छ । फोरमले सोमबार एक विज्ञप्ति प्रकाशित गरी सुचिकृत कम्पनीको वित्तीय अवस्था राम्रो रहेको, बैकिङ क्षेत्रमा रहेको अधिक तरलताले निक्षेप र कर्जाको ब्याज दर क्रमश घट्दै गएको र कम्पनीको नाफा पनि राम्रो रहेको भन्दै हत्तोसाहित नभई स्वविवेकले लगानी [&hellip;]</p>

काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले सेयर बजार घट्दै गएकोमा चिन्ता व्यक्त गर्दे हत्तोसाहित नहुन लगानीकर्तालाई अनुरोध गरेको छ ।

फोरमले सोमबार एक विज्ञप्ति प्रकाशित गरी सुचिकृत कम्पनीको वित्तीय अवस्था राम्रो रहेको, बैकिङ क्षेत्रमा रहेको अधिक तरलताले निक्षेप र कर्जाको ब्याज दर क्रमश घट्दै गएको र कम्पनीको नाफा पनि राम्रो रहेको भन्दै हत्तोसाहित नभई स्वविवेकले लगानी गर्न फोरमले आग्रह समेत गरेको छ ।

नियमनकारी निकायले बजार सुधारको योजना नल्याएको, सेयर कर्जामा अंकुश लगाएको र सरकारको नकरात्मक दृष्टिले बजार धरासायी हुदै गएको आरोप फोरमले लगाएको छ ।

Share News