विद्युत प्राधिकरणका पुर्व महाप्रवन्धक महेन्द्रलाल श्रेष्ठ विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

<p>काठमाडौं । नेपाल विद्युत् प्राधिकरण तत्कालिन महाप्रवन्धक महेन्द्रलाल श्रेष्ठले अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उनी विरुद्ध सोमबार आरोपपत्र दायर गरेको छ । प्राधिकरणका तत्कालिन उत्पादन सञ्चालन तथा संभार विभागको पूर्वमहाप्रबन्धक श्रेष्ठले सार्वजनिक सेवाको पदमा रहदा मर्यादा विपरितका कार्य गरी स्रोत पुष्टी हुन नसक्ने अकुत सम्पत्ति आर्जन गरेकाले आवश्यक छानविन [&hellip;]</p>

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण तत्कालिन महाप्रवन्धक महेन्द्रलाल श्रेष्ठले अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उनी विरुद्ध सोमबार आरोपपत्र दायर गरेको छ ।

प्राधिकरणका तत्कालिन उत्पादन सञ्चालन तथा संभार विभागको पूर्वमहाप्रबन्धक श्रेष्ठले सार्वजनिक सेवाको पदमा रहदा मर्यादा विपरितका कार्य गरी स्रोत पुष्टी हुन नसक्ने अकुत सम्पत्ति आर्जन गरेकाले आवश्यक छानविन गरी कारवाही गरिपाउँ भन्ने व्यहोराको उजुरीको अनुसन्धान हुंदा श्रेष्ठले अकुत सम्पत्ति आर्जन गरेको ठहर अख्तियारले गरेको छ ।

उनको वैध आयको तुलनामा २ करोड ८८ लाख ८२ हजार रुपैयाँ बराबरको सम्पत्ति आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग एवं भ्रष्टाचार गरी आर्जन गरेको र मानसिव कारण विना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तरयापन गरेको देखिन आएको अख्तियारले जनाएको छ ।

उनी प्राधिकरणको श्रेष्ठ, नेपाल विद्युत प्राधिकरणको वितरण निर्माण डिभिजनको सहायक ईन्जिनियर पदमा ०३६ साल चैत ५ गते नियुक्ति भई तह तह बढुवा सरुवा भई प्राधिकरणको, उत्पादन तथा सञ्चालन तथा संभार विभागको महाप्रबन्धक, र प्राधिकरणको कामु कार्यकारी निर्देशक भई ०७० साउन ९ गतेदेखि अनिवार्य अवकाश लिएका थिए ।

आय व्ययको विवरण र निजले आफ्नो तथा आफ्नो परिवारका सदस्यको नाममा खरिद एवं लगानी गरेको चल अचल सम्पत्तिका सम्वन्धमा तथ्य प्रमाणलाई छानविन र विश्लेषण गरी हेर्दा उनले आय आर्जन गरेको वैध आयको तुलनामा २ करोड ८८ लाख बयास हजार रुपैयाँ पदीय जिम्मेवारीको दुरुपयोग एवं भ्रष्टाचार गरी आर्जन गरेको अख्तियारको ठहर छ ।

भ्रष्टाचार गरी गैरकानूनी आर्जन गरेको, स्रोत नखुलेको चल अचल सम्पत्ति निज र उनका श्रीमती करुणादेवी कर्माचार्य श्रेष्ठ, छोरा कमलेन्द्रलाल श्रेष्ठ र छोरी प्रेरणा श्रेष्ठको नाममा बदनियत साथ राखेको तथा लुकाए छिपाएको पुष्टी हुन आएको दावी अख्तियारको छ ।

 

Share News