काठमाडौं । लगातार घट्दै गएको सेयर बजार सोमबार ३.६ अकं बढेको छ ।
सोमबार बैंक र वित्त क्षेत्रको सेयर घटेको छ भने होटल, जलविद्युत, बीमा र उत्पादनमुलक क्षेत्रको सेयर बढेको छ । आइतबार साढे ३५ अंकले बजार घटेको थियो ।
सोमबार नबिल बैंकको सेयर सबैभन्दा बढी कारोबार भएको छ । नबिलको सेयर प्रतिकित्ता १ हजार ६३० रुपैयाँमा १० करोड २८ लाख ८५ हजार रुपैयाँको सेयर किनबेच भएको थियो ।
सोमबार ८४ करोड १३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।