दरबारमार्गका व्यापारीलाई कार्वाही गर्न राजश्वसचिवको असहयोग

<p>&nbsp; काठमाडौं । बढी नाफा लिएर उपभोक्ता ठगी गर्ने दरबारमार्गका व्यवसायीलाई कारवाही गर्न अर्थ मन्त्रालयले असहयोग गरेको छ । आपूर्ति मन्त्रालयले  ठगी मुद्दाको लागि प्रमाण जुटाउन अर्थसँग सहयोग माग्दा अस्विकार गरेको स्रोतले जानकारी दिएको छ । थप छानबिनका लागि सहयोग माग्न शनिबार आपूर्ति मन्त्री शिवकुमार मण्डल राजस्व सचिवकहाँ पुगे । मण्डललाई राजस्व सचिव शिशीरकुमार ढुङानाले अस्विकार [&hellip;]</p>

 

काठमाडौं । बढी नाफा लिएर उपभोक्ता ठगी गर्ने दरबारमार्गका व्यवसायीलाई कारवाही गर्न अर्थ मन्त्रालयले असहयोग गरेको छ ।

आपूर्ति मन्त्रालयले  ठगी मुद्दाको लागि प्रमाण जुटाउन अर्थसँग सहयोग माग्दा अस्विकार गरेको स्रोतले जानकारी दिएको छ ।

थप छानबिनका लागि सहयोग माग्न शनिबार आपूर्ति मन्त्री शिवकुमार मण्डल राजस्व सचिवकहाँ पुगे । मण्डललाई राजस्व सचिव शिशीरकुमार ढुङानाले अस्विकार गरेको आपुर्ति मन्त्रालय एक उच्च अधिकारीले बताए ।
ती अधिकारीले भने, ‘मन्त्रीज्यु आफै राजश्व सचिवकहाँ गएर सिलबन्दी गरिएका पसलमा छानबिनका लागि सहयोग माग्न जानुभएको थियो । तर सचिवले आपूर्तिले आफ्नो अधिकारभन्दा बाहिर गएर सिलबन्दी गरेको भन्दै सहयोग नगर्ने बताएका थिए ।’

राजश्व सचिवको भनाई उदृत गर्दै उनले भने, ‘राजश्वको कार्यक्षत्रमा पर्ने स्थानमा तपाईंहरुले अनुगमन गर्नुहुन्छ । अब आफैं सुल्झाउनुहोस् ।’

कालोबजारी ऐन अनुसार कालोबजारी सम्बन्धी मुद्दाको कारबाही जिल्ला प्रशासन कार्यालयलाई अधिकार छ ।
यता आपूर्ति व्यवस्थापन विभागले दरबारमार्गका व्यापारीसंग बयान लिइरहेको बताएको छ ।

विभागले सिलबन्दीमा परेका दरबारमार्गका व्यवसायीविरुद्ध प्रमाण जुटाउन थालेको छ । जिल्ला अदालतमा मुद्दा दायर गर्नका लागि विभागले आवश्यक प्रमाण जुटाइरहेको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले बताए ।

विभाग नेतृत्वको निरिक्षण टोलीले अनुगमनमा असिमित मुनाफा लिएर सामान बिक्री वितरण गरिरहेको अवस्थामा सिलबन्दी गरेको थियो । टोली तीन दिनभित्र आवश्यक कागजात सहित पेश गर्नका लागि दिएको निर्देशनका आधारमा दरबारमार्गका नौ वटा ब्राण्डेड शपका सञ्चालकहरुसँग बयान थालिएको विभागका महानिर्देशक कुमारप्रसाद दहालले बताए ।

Share News