भारतीय ब्राण्डका घरायसी सामान नेपाली बजारमा, मिक्चरदेखि टावर फ्यानसम्म

<p>काठमाडौं । शुभानी इन्टरप्राइजेजले भारतीय ब्राण्डका होा अप्लायन्स नेपाली बजारमा ल्याएको छ । शुक्रबारदेखि भारतीय होम एप्लायन्स ब्राण्ड एमसी कोएका उत्पादनको नेपालमा बिक्री सुरु गरिएको हो । शुभानी इन्टरप्राइजेजले नेपालमा पहिलो पटक सो ब्राण्डको विक्रि सुरु गरेको हो । यो ब्राण्ड भारत लगायत अन्य २४ देशमा यसको बजार विस्तार भएको छ । यसको ब्राण्डमा मिक्चर ग्राइन्डर, [&hellip;]</p>

काठमाडौं । शुभानी इन्टरप्राइजेजले भारतीय ब्राण्डका होा अप्लायन्स नेपाली बजारमा ल्याएको छ । शुक्रबारदेखि भारतीय होम एप्लायन्स ब्राण्ड एमसी कोएका उत्पादनको नेपालमा बिक्री सुरु गरिएको हो ।

शुभानी इन्टरप्राइजेजले नेपालमा पहिलो पटक सो ब्राण्डको विक्रि सुरु गरेको हो । यो ब्राण्ड भारत लगायत अन्य २४ देशमा यसको बजार विस्तार भएको छ ।

यसको ब्राण्डमा मिक्चर ग्राइन्डर, फुड प्रोसेसर, जुसर मिक्सर ग्राइन्डर, इन्डक्सन, एयर कुलर, टावर फ्यान लगायतका उत्पादन रहेको छ ।

आगामी दुई वर्ष भित्र नेपाली बजारमा आफ्नो व्यापक बजार विस्तार गर्ने उद्देश्यसहित उक्त उत्पदन सार्वजनिक गरिएको कम्पनीका कार्यकारी निर्देशक रुपकुमार क्षेत्रीले बताए । ‘बजारमा उपलब्ध अन्य होम एप्लायन्सभन्दा एमसी कोए शुलभ र गुणस्तरिय छ’, उनले भने ।

कम्पनीले आउँदो दिनमा एयर कन्डिस्नर, वाटर डिस्पेन्सरलगायतका अन्य उत्पादन बजारमा ल्याउने तयारी गरेको कम्पनीले जानकारी दिएको छ ।

 

 

 

Share News