काठमाडाैं । दशैंको अबसर पारी बुधबारबाट राजधानीको भृकुटीण्डपमा सुरु भएको स्टक क्लियरेन्स मेलामाको दोस्रो दिन सम्ममा १९ हजार भन्दा बढी उपभोक्ताले मेला स्थल अवलोकन गरेका छन् । दशैंको बेला एकै स्थानमा धेरै उपभोग्य सामान सस्तो दरमा पाइने भएकै कारण उपभोक्ताको घुइँचो लागेको मेला संयोजक दिपेश जोशीले बताए ।
दशैंको बेला सस्तो मेला स्लोगन दिइएको यस मेलामा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शंशेर राणाले पनि अबलोकन गरेका छन् । अबलोकन पछि अध्यक्ष राणाले उपभोक्ताले सस्तो सामान पाउने र व्यवसायीले पनि आफ्नो स्टकमा रहेका सामानको कारोबार गर्न पाउने मेला दुबै पक्षका लागि फाइदाजनक भएकोे बताए ।
बुधबारदेखि देखि ६ दिनसम्म चल्ने स्टक क्लियरेन्स मेलामा दशैंका लागि आबस्यक सामग्रीहरुको कारोबार भइरहेको छ । मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, फुडकोर्ट, होम एफिलियन्स र फिटनेसका स्टलहरु रहेका रहेको कम्पनीले जनाएको छ ।
मेला अबधीभर ५० हजार उपभोक्ता मेला स्थलमा आउने अनुमान इभेन्ट सोलुसन्सले गरेको छ ।
मेलामा इकमर्स पार्टनर बनेको सपर्भडटकमले अनलाइन सेवा पनि उपलब्ध गराएको छ ।