ताम्राकार कम्प्लेक्समा मोबाइल महोत्सव सुरु, लेनेभोको मोबाइल खरिदमा ३० प्रशित छुट

<p>काठमाडौं । राजधानीको न्यूरोडमा ताम्राकार मोबाइल कम्प्लेक्समा बिहिबारबाट मोबाइल महोत्सव सुरु भएको छ । ताम्राकार मोबाइल बजारले मेला अवधिभर मोबाइलको मोडल हेरेर ५ देखि ६० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरेको जानकारी दिएको छ । सामसुङ एस फोर र एस फाइभमा ६० प्रतिशत, डिटिसी टचमा ६० प्रतिशत, हुवावे अनर होलीमा ४० प्रतिशत छुट दिएको बताउँदै ताम्राकार [&hellip;]</p>

काठमाडौं । राजधानीको न्यूरोडमा ताम्राकार मोबाइल कम्प्लेक्समा बिहिबारबाट मोबाइल महोत्सव सुरु भएको छ । ताम्राकार मोबाइल बजारले मेला अवधिभर मोबाइलको मोडल हेरेर ५ देखि ६० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरेको जानकारी दिएको छ ।

सामसुङ एस फोर र एस फाइभमा ६० प्रतिशत, डिटिसी टचमा ६० प्रतिशत, हुवावे अनर होलीमा ४० प्रतिशत छुट दिएको बताउँदै ताम्राकार मोबाइल कम्प्लेक्सका सचिब गुरुदत्त शर्माले लेनेभोको सबै मोडलका मोबाइलको खरिदमा ३० प्रतिशत छुटको ब्यवस्था गरेकोे बताए ।

ताम्राकार मोबाइल बजारमा न्यूनतम ९ सयदेखि १ लाख ३० हजार रुपैयाँसम्मका बिभिन्न ब्राण्डका मोबाइल सेट उपलब्ध भएको मोबाइल कम्प्लेक्सका कोषाध्यक्ष अनिल ढकालले बताए ।

चाडपर्वको अवसरमा विभिन्न ब्राण्डका मोबाइल फोनको खरिदमा मोटरसाइकल, टिभी, स्मार्ट फोन लक्की ड्र मार्फत वितरण गर्ने व्यवस्था मिलाएको छ । दैनिक २ वटा स्मार्टफोन, १० वटा ब्लुतुथ तथा पावर बैंक लक्की ड्र मार्फत बितरण गर्नेे व्यवस्था गरिएको मोबाइल बजारका अध्यक्ष जगत साउदले जानकारी दिए ।साथै, साप्ताहिक रुपमा एउटा सामसुङको ३२ इन्चको टिभी लक्की ड्र मार्फत नै वितरण गर्ने कम्पनीले जानकारी दिएको छ ।

बम्पर उपहारमा प्रदान गरिने सुजुकीको एउटा जिक्सर मोटरसाइकल र एउटा सुजुकी कम्पनीकै स्कुटरको लक्की ड्र छठपर्व सकिने बित्तिकै गर्ने छ भने एउटा मोटरसाइकल भने दशैं अगाडीनै लक्की ड्र मार्फत बितरण गर्ने कम्पनीले जानकारी दिएको छ ।

 

 

Share News