सेयर बजार १२ अंक घट्यो, बैंकले सेयर कर्जा खुला गरेपनि बजार बढ्न सकेन ।

<p>&nbsp; काठमाडौं । बुधबार बढेर लगानीकर्तालाई आशा जगाएको भोलिपल्ट सेयर बजार घटेको छ । बिहीबार बजार घटेर १२ अंक घटेर १ हजार १५४ अंकमा सीमित भएको छ । बुधबार पनि ११ अंक बढेको थियो । सेयर बजारका सबै परिसूचकमा गिरावट आएपछि राताम्मै भएका छन् । बैंकले सेयर कर्जा खुला गरेपनि बजारमा सेयर आपूर्ति बढेपछि बजार [&hellip;]</p>

 

काठमाडौं । बुधबार बढेर लगानीकर्तालाई आशा जगाएको भोलिपल्ट सेयर बजार घटेको छ ।
बिहीबार बजार घटेर १२ अंक घटेर १ हजार १५४ अंकमा सीमित भएको छ । बुधबार पनि ११ अंक बढेको थियो । सेयर बजारका सबै परिसूचकमा गिरावट आएपछि राताम्मै भएका छन् । बैंकले सेयर कर्जा खुला गरेपनि बजारमा सेयर आपूर्ति बढेपछि बजार बढ्न सकेन ।
बैंकिङ, होटल, विकास बैंक, वित्त, जलविद्युत, बीमा र उत्पादनमुलक सबै क्षेत्रको बजार घटेको छ । सबैभन्दा बढी बीमाका सेयरधनीले गुमाएका छन् । बिहीबार आरएसडीसी लघुवित्तका लगानीकर्ताले ७२ रुपैयाँ कमाएका छन । रिलायवल माइक्रोफाइनन्सका लगानीकर्ताले ८५ रुपैयाँ गुमाएका छन् ।
बिहीबार साढे ७३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सबैभन्दा बढी सेयर कारोबार नबिल बैंकको भएको छ । नबिलको प्रतिकित्ता १ हजार ६७५ रुपैयाँमा ४ करोड ८८ लाख ६१ हजार रुपैयाँको कारोबार भएको छ ।

Share News