गण्डकी विकास बैंक लिमिटेडको २५ प्रतिशत हकप्रद सेयर

<p>काठमाडौं । गण्डकी विकास बैकले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले हाल कायम रहेको चुक्ता पूँजीको २५ प्रतिशत अर्थात चार कित्ता बराबर १ कित्ताको अनुपातमा हकप्रद शेयर जारी गर्नका लागि नेपाल धितोपत्र वोर्डमा निवेदन दर्ता गरेको हो । उक्त हकप्रद शेयर पश्चात बैँकको चुक्ता पूँजी २ अर्व ३० करोड पुग्नेछ । [&hellip;]</p>

काठमाडौं । गण्डकी विकास बैकले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले हाल कायम रहेको चुक्ता पूँजीको २५ प्रतिशत अर्थात चार कित्ता बराबर १ कित्ताको अनुपातमा हकप्रद शेयर जारी गर्नका लागि नेपाल धितोपत्र वोर्डमा निवेदन दर्ता गरेको हो ।

उक्त हकप्रद शेयर पश्चात बैँकको चुक्ता पूँजी २ अर्व ३० करोड पुग्नेछ । नेपाल राष्ट्रवैकले तोके वमोजिम नपुग बाँकी चुक्तापूँजी आव ०७३÷७४ सम्मको संचित मुनाफाबाट वोनश शेयर जारी गरी पुर्याउने बैंकले जनाएको छ ।

आव ०७३/७४ सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैकले हाल कायम रहेको चुक्तापूँजीको २३ प्रतिशत सम्म वोनश शेयर जारी गर्न सक्नेछ । बैंकले आव २०७३/७४ मा संचालन मुनाफा ८५ करोड आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप १८ अर्ब ३३ करोड, कर्जा तर्फ १६ अर्ब ५१ करोड पु¥याएको छ ।

साथै बैंकको निष्कृय कर्जा ०.४ प्रतिशत रहेको छ । वैकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ५३ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना ,सहज र सरल रुपमा कर्जा योजना कार्यान्वयन गरिरहेको छ ।

Share News