सामसङ फोरजी स्मार्टफोनको खरिदमा होम अप्लाइन्सहरु घर लैजान सकिने

<p>काठमाडौं । सामसङ नेपालले चाडपर्वलार्ई लक्षित गर्दै उत्सवको उमंग सामसङसँग परिवार दङ्ग योजना प्रस्तुत गरेको छ । कम्पनीले यस योजना अन्तर्गत सामसङको हरेक फोरजी स्मार्ट फोनका खरिदमा सामसङका विभिन्न सामानहरुको एक सेट होम अप्लाइन्सहरु घर लैजान मिल्ने व्यवस्था ल्याएको छ । भदौ १६ गते देखि कार्तिक १ गते सम्म लागू हुने यो योजनामा बिजेतालाई भाद्र [&hellip;]</p>

image description

काठमाडौं । सामसङ नेपालले चाडपर्वलार्ई लक्षित गर्दै उत्सवको उमंग सामसङसँग परिवार दङ्ग योजना प्रस्तुत गरेको छ । कम्पनीले यस योजना अन्तर्गत सामसङको हरेक फोरजी स्मार्ट फोनका खरिदमा सामसङका विभिन्न सामानहरुको एक सेट होम अप्लाइन्सहरु घर लैजान मिल्ने व्यवस्था ल्याएको छ ।

भदौ १६ गते देखि कार्तिक १ गते सम्म लागू हुने यो योजनामा बिजेतालाई भाद्र २२ गतेदेखि असोज १० गतेसम्म र असोज १८ गतेदेखि कार्तिक १ गते सम्म ३५ दिन लगातार छनौट गर्ने भएको छ । दैनिक एक जनाको दरले ३५ जना भाग्यशाली व्यक्तिले सामसाङ होम अप्लाइन्सहरु घर लैजान पाउनेछन् । यस्तो सेटमा ४० इन्चको स्मार्ट टिभि, डबल डोर रेफ्रिजेरेटर, पूर्ण अटोमेटिक फ्रन्डलोड वासिङ मेसिन, माइक्रो वेभ ओभन तथा भ्याक्युम क्लिनर रहने कम्पनीले जानकारी दिएको छ ।

यस योजनामा सहभागी हुन मोबाइलको मेसेज बक्समा गई एसएएमएसएयुएनजी(सामसुङ) टाइप गरी स्पेस दिई नयाँ फोरजी मोबाइल सेटको ११ अंकको सिरियल नम्बर राखी ३७७२२ मा पठाउनु पर्दछ । एसमएस पठाइ सकेपछि सिस्टमले दर्ता भएको जानकारी एसएमएसबाटै ग्राहकलाई दिइने छ । यसरी दर्ता भएका नम्बरहरुबाट एक जनालाई विजेताका रुपमा छनौट गरिने छ । लक्की ड्रको प्रक्रियालाई सामसङको आधिकारिक फेसबुक पेजमा देखाइने छ । लक्की ड्रको अतिरिक्त १सय वा १ हजार रुपैयाँको पक्का मोबाइल रिचार्ज पनि प्राप्त हुने छ ।

 

 

Share News