बिजुली महसुल घटाएर पनि प्राधिकरण नाफामा जान्छ ः ऊर्जामन्त्री

<p>काठमाडौं । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले विद्युतको महशुल घटाएर पनि नेपाल विद्युत प्राधिकरणलाई फाईदामा लैजान सकिने बताएका छन् । उनले विद्युतको महशुल बढाएर मात्र फाईदा हुने तर्क उपयुक्त नभएको बताउँदै चुहावट नियन्त्रण , बिद्युतको गुणस्तर बृद्धि , प्रसारणलाईन र ट्रान्सर्फमरको सही सदुपयोग लगायतका क्रियाकलाप गरेर प्राधिकरणलाई फाईदामा लिन सकिने उनको भनाई छ । विद्युतको महशुल बृद्धि [&hellip;]</p>

काठमाडौं । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले विद्युतको महशुल घटाएर पनि नेपाल विद्युत प्राधिकरणलाई फाईदामा लैजान सकिने बताएका छन् ।

उनले विद्युतको महशुल बढाएर मात्र फाईदा हुने तर्क उपयुक्त नभएको बताउँदै चुहावट नियन्त्रण , बिद्युतको गुणस्तर बृद्धि , प्रसारणलाईन र ट्रान्सर्फमरको सही सदुपयोग लगायतका क्रियाकलाप गरेर प्राधिकरणलाई फाईदामा लिन सकिने उनको भनाई छ ।

विद्युतको महशुल बृद्धि हुन रोकेर ठुलो सहयोग गरेको भन्दै बधाई तथा धन्यवाद दिन मन्त्रालय पुगेका उद्योग बाणिज्य महासंघका प्रतिनिधिसंग छलफल गर्दै मन्त्री शाहीले चुहावट नियन्त्रणको अभाव , पुरानो प्रबिधि र तारको प्रयोग , ट्रान्सफर्मरको दुरुपयोगले विद्युत प्राधिकरण घाटामा गएको बताए ।

उद्योग बाणिज्य महासंघका प्रतिनिधिले उद्योग धन्दामा नियमित विद्युतको आपुर्तीमा समस्या भएको , विद्युतको गुणस्तर बृद्धिमा ध्यान दिनुपर्ने , पटक पटक विद्युत आउने र जाने गर्नाले उद्योग धन्दामा प्रयोग भएका विद्युतीय सामाग्रीमा असर पर्ने गरेको जस्ता समस्याहरु संबोधन गर्नुपर्ने माग गरेका थिए ।

Share News