काठमाडौं । ट्रान्सन होल्डिङ्गले तिन वटा नयाँ माेबाइल ब्रान्डहरुलाई नेपाली बजारमा ल्याएकाे छ । टेक्नो, आइटेल र ओराइमो गरी तिन वटै ब्रान्डहरु कम्पनीको आधिकारिक वितरक महालक्ष्मी मोबाइलद्वारा विक्री वितरण हुँदै आएको छ ।
कम्पनीका अनसार ग्राहकहरुले ओराइमो मोबाइलमा १२ महिनाको वारेण्टी साथै टेक्नोमा १३ महिना र आइटेल मा १२ महिनाको वारेण्टी बाहेक अत्याधुनिक सेवा स्वरुप १०० दिनसम्म सट्टा गर्न मिल्ने वारेण्टी सुविधा समेत प्राप्त गर्न सक्नेछन् ।
उद्घाटनको क्रममा बोल्दै ट्रान्सन होल्डिङ्ग नेपालका मुख्य प्रबन्ध निर्देशक मार्को मा ले मोबाइल फोन र एक्सेसरिजका लागि नेपालमा ठूलो सम्भावना रहेको कुरा बताए । साथै, उनले ग्राहकहरुको समय अनुसारको मागलाई अझै पनि पूरा गर्न नसकिएको अवस्थामा उक्त प्रविधिलाई लन्च गरेर गौहकहरुलाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको बताए ।
सोही क्रममा बोल्दै महालक्ष्मी मोबाइलका जनरल म्यानेजर सन्तोष भण्डारीले यो एउटा महत्वपूर्ण शुरुवात भएको बताए । आगामी दिनहरुमा पनि नेपाली मोबाइल बजार र ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर निश्चित रोडम्याप अगाडि बढाएर लैजाने कुरा व्यक्त गरे ।