ले लेले ल्यायो ३ फ्लेभरका नयाँ वाइन

<p>काठमाडौं । लाइक नेचुरल   उद्योगले नयाँ फ्लेभरका ले ले वाइनवाइन बजारमा ल्याएको छ । ले ली स्विट रेड वाइन, ले ली स्विट लेडिज स्पेशल वाइन तथा ले ली स्विट ह्ववाइट वाइन गरी तिन नयाँ फ्लेभरका वाइन बजारमा ल्याएको छ । महिलाको लागि स्पेसल भनेर ले ली स्विट लेडिज स्पेशल वाइन बजारमा ल्याएको छ । [&hellip;]</p>

काठमाडौं । लाइक नेचुरल   उद्योगले नयाँ फ्लेभरका ले ले वाइनवाइन बजारमा ल्याएको छ । ले ली स्विट रेड वाइन, ले ली स्विट लेडिज स्पेशल वाइन तथा ले ली स्विट ह्ववाइट वाइन गरी तिन नयाँ फ्लेभरका वाइन बजारमा ल्याएको छ । महिलाको लागि स्पेसल भनेर ले ली स्विट लेडिज स्पेशल वाइन बजारमा ल्याएको छ ।

ले ले  फलफुलमा आधारित वाइन भएको कम्पनीले जनाएको छ । उक्त वाइन प्रशोधन गर्न तराइका केहि ठाउँहरुमा अंगुर खेतिका लागि अध्ययन क्रम जारी गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले करिब १ सय रोपनी जग्गा लिई ले ले मै ग्राउण्ड एप्पल वाइनका लागि खेति सुरु गर्ने जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । साथै, ले ली वाइनलाई जापान र चीनमा पनि निर्यात गर्ने तयारी गरेको छ, त्यसैगरी नेपालको रामेछाप र अन्य जिल्लाका विभिन्न ठाउँमा अनार खेति गर्दै आएको र उक्त अनारबाट वाइन तयार पारी निकासी गर्ने भएको छ ।

कम्पनीले महिलाको लागि भनेर स्विट लेडिज स्पेसल वाइन तयार गरेको छ । ले ली वाइनका हरेक ब्राण्डहरुको खरिद मुल्य ४ सय ५० भएता पनि कस्टोमर्स क्यास डिस्काउन्ट अफर अन्तर्गत सिधै खरिदमा ३५ रुपैयाँ नगद छुट दिने जानकारी दिएको छ ।

यो योजना कम्पनीको विज्ञापन गाडी मार्फत ग्राहकको बसोबास स्थानमा आधिकारीक व्यक्तिहरुले छुट कुपन बितरण गर्ने जानकारी दिएको छ ।

Share News