काठमाडौं । नविल बैंकले भदौ २७ गतेदेखि बुक क्लोज गर्ने भएको छ । भदौ २१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले २७ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको हो । बैंकले असोज १० गते साधारण सभा बोलाएको छ । सोही साधारण सभाबाट ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश दिने निर्णय गर्दैछ ।
सोही साधारण सभाका लागि भन्दै बैंकले २७ गतेबाट बुक क्लोज गर्ने निर्णय गरेको हो । नविल बैंकको ३० प्रतिशत बोनस सेयर प्राप्त गर्नका लागि भदौ २७ गतेभित्रै सेयर खरिद गरिसक्नुपर्नेछ ।
बैंकले आर्थिक बर्ष २०७२/७३ को नाफाबाट सो मात्रामा बोनस सेयर र नगद लाभांश दिने निर्णय गरेको हो । सो आवमा बैंक २ अर्ब ८१ करोड ९३ लाख ३४ हजार नाफा गरेको थियो । बैंकले गत आर्थिक बर्ष २०७३/७४ मा भने ३ अर्ब ६२ करोड ८ लाख २२ हजार नाफा आर्जन गर्न सफल भएको छ ।